शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यहाँ बच्चा जन्मने बित्तिकै हुन्छन् ग्रेजुएट !

आइतबार, १८ भदौ २०७४, १५ : ३५
आइतबार, १८ भदौ २०७४

हरेक व्यक्ति आफ्नो ग्रेजुएशन सेरेमनीका लागि उत्साहित हुने गर्दछन् । यो विशेष दिनका लागि मानिसहरुले विभिन्न तयारी गरेका हुन्छन् । तपाईंले थुप्रै डिग्रि वा डिप्लोमा पूरा गरेपछि ‘ग्रेजुएट वर्ग’ मा समावेश हुने गर्दछन् । तर अमेरिकामा एउटा यस्तो अस्पताल छ जहाँ बच्चा जन्मने बित्तिकै ग्रेजुएट हुन्छन् ।

टाउकोमा कालो टोपी र बच्चा ग्रेजुएट

अमेरिकामा एउटा अस्पताल यस्तो पनि छ जहाँ नवजात शिशुका लागि ग्रेजुएशन सेरेमनीको आयोजना गरिन्छ । जहाँ नाचगान गरिन्छ र अस्पतालमा सबै मानिसहरु एकै ठाउँ जम्मा भएर नवजात शिशुसँगै ग्रेजुएशन सेरेमनी मनाउने गर्दछन् ।

वास्तवमा अमेरिकाको केरोमन्ट रिजनल मेडिकल सेन्टरमा जब समय अगावै जन्मिएका बच्चाहरु स्वस्थ भएर आइसियूबाट आफ्नो घर जान्छन् तब अस्पतालका पूरा कर्मचारी जममा भएर ती बच्चाहरुले नयाँ जीवन पाएको खुसीमा र आमा–बुवालाई राम्रो महसुस गराउनका लागि ग्रेजुएशन सेरेमनीको आयोजना गर्ने गर्दछन् ।

यसरी भएको थियो सुरुवातः

आमा–बुवाको मनबाट डर निकाल्नका लागि र उनीहरुलाई खुसी गराउनका लागि उक्त अस्पतालले नवजात शिशुका लागि एक ग्रेजुएशन सेरेमनीको आयोजना गर्दछ र बच्चाले नयाँ जीवन पाएको खुसीयालीमा नाचगान गर्दै बच्चाको नयाँ जीवनको उत्सव मनाउने गर्दछन् ।

यो देखेर अस्पतालमा रहेका र आइसियूमा आफ्ना नवजात शिशु भएका अन्य आमा–बुवा खुसी हुने गर्दछन् । ग्रेजुएशन सेरेमनीको सुरुवात एक नर्सले गरेकी थिइन् जब एक बच्चालाई केही हप्तासम्म आइसियूमा राखिएको थियो र जब आइसियूबाट बाहिर निकालियो तब अस्पतालमा रहेका सबै स्टाफले ग्रेजुएशन सेरेमनीको आयोजना पनि गर्यो र बच्चाको नयाँ जीवन सेलिब्रेट गर्ने एक राम्रो सोच निकाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप