कविताः कोरोना
-मोहनप्रसाद तिमिल्सिना
जसको उद्गम चीनमा हुन पुग्यो उहानमा जन्म भो
जम्मै विश्व डुलेर सृष्टि जसरी संहार गर्दैछ जो
भित्रैसम्म लुकेर मानव जगत् डस्ने लिई चाहना
साझा शत्रु समस्त यो हुन पुग्यो त्यो दुष्ट हो कोरना ।१।
पैलो उद्भव चीनमा अनि कता घुम्दै धरा फनफन
आत्मा भित्र शरीर भित्र कसरी पार्दै छ यो झनझन
यो दुर्घातक विश्वको विपद हो दैवी कि वा जे भनौँ
यस्तै मात्र भए हुने प्रलय हो बाँकी अरू के भनौँ ।२।
सारा विश्वभरी मिली अब सबै द्यौता पुकार्दै बसौँ
आफ्ना लागि छ सिर्जना बुझ कठै, विज्ञान जेजे भनौं
हाहाकार विकास दीन हुन गो पैदा भयो दुर्गति
यस्तै हुन्छ अझै समस्त भवमा विज्ञानको दुर्मति ।३।
जम्मै सृष्टि छचल्कियो किन अहो द्यौता बसेको घर
त्यसमै बन्नु परेर थर्थर अझै कसको हुने हो भर
सोधु के कसरी भयो भन भनी छैनन् कतै उत्तर
हे माता अब बोल बोल धरती कसको हुने हो भर ।४।
यो पृथ्वी छ अशान्त भाव किन हो आफैं चिनी चेतना
बाँच्ने हो कसरी सबैतिर उही छातीभरी वेदना
बाँच्नै पर्छ सही सबै दिनहरू आत्मत्त्वको मार्गमा
हामी जून टिपेर विश्वभरमा लम्कौँ नयाँ मार्गमा ।५।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
पोखरामा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते
-
आर्थिक शक्ति बन्न सक्ला भारत ? तथ्याङ्कले के भन्छ ?