शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ईरिक्साको हेडलाइट चोरेको विषयमा विवाद हुँदा आधा दर्जन बढी घाइते

सोमबार, २२ वैशाख २०७७, २० : ००
सोमबार, २२ वैशाख २०७७

जनकपुर । धनुषाको एक गाउँमा दुई पक्षबीच झडप हुदाँ आधा दर्जनभन्दा बढी घाइते भएका छन् । धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा दुई पक्षबीच झडप हुदाँ दुवै पक्षका आधा दर्जन घाइते भएका हुन् ।

महामारी कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको कारण घर छेउमै लगाई राखिएको रविन्द्र मण्डलको ई रिक्साको हेड लाइट एक सातापूर्व एक जनाले चोरेर लगेको थियो ।

सो चोरको बारेमा गाउँमै खोजतलास पश्चात हेडलाइट चारेको आरोप लगाएपछि दुई पक्षको विवादले उग्ररुप लिएपछि दुवै पक्ष वीच ढुंगामुडा र कुटाकुट भएको थियो । सो क्रममा सन्तोष दास, राजकिशोर दास र हरि किशोर दास र जयनारायण मण्डल, सन्तोष मण्डल, गोपाल मण्डल र रामनरेश मण्डल सहितकाहरु घाइते भएको थियो । घाइते भएकाहरुलाई नगराईन स्थित नीजि अस्पतालमा उपचार भइरहेको छ भने केहिको जनकपुरस्थित नीजि अस्पतालमा भर्ना छन् ।

ईरिक्सा धनी मण्डलले दलित यूवामाथि चोरेको आरोप लगाएपछि दुवै पक्ष वीच उग्रविवाद भई झडपको अवस्था सृजना भएको थियो । ईरिक्सा चालक मण्डलले चोरेको हेड लाइट फिर्ता दिएमा सन्तोष दासको मोवाइल फिर्ता दिने भन्दै लिएर हिड्न खोजेपछि भनाभन हुँदा झडप भएको थियो ।

झडप हुनुपूर्व प्रहरीको टोली घटनास्थलमा पुगेपनि प्रहरीले खासै वास्ता नगरेपछि झडपले उग्ररुप लिएको स्थानीयवासीको आरोप छ । यता प्रहरीले दुवै पक्षका झगडीयाहरुलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखि थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रहरी नियन्त्रणमा रामनरेश मण्डल, गोपाल मण्डल, राहुल मण्डल, जयनारायण मण्डल लगायतलाई नियन्त्रण ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप