शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा

मङ्गलबार, २३ वैशाख २०७७, १५ : ५७
मङ्गलबार, २३ वैशाख २०७७

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसकोे कारणले आम जनमानसमा ठूलो प्रभावपारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले अहिलेको अवस्थाप्रति जिम्मेवार बन्दैे आम जनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने उद्देश्यका साथ बिमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको हो ।

नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम रु ५००० रहनेछ । यो खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पीसीआर टेष्टद्वारा पुष्टि भएमा रु ५०,००० को बिमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाइटमा गई अनलाइनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप