शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेठ ५ गतेसम्म लकडाउन लम्बियो

बुधबार, २४ वैशाख २०७७, १३ : २९
बुधबार, २४ वैशाख २०७७

काठमाडौं । लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 

चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । 

अन्तराष्ट्रिय तथा राष्ट्रीय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । साथै बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप