केन्द्रीय संस्करण
कोरोना कैरन – १५

सरकारका आँखा, प्रधानमन्त्रीको भाका

person explore access_timeबैशाख २५, २०७७ chat_bubble_outline0

 

 

‘लकडाउनमा राज्यले जनतालाई घरभित्र रोगको डर देखाएर थुनेको छ र आफू मनलाग्दी राजनीति गरिरहेको छ ।’
— विमल निभा, अनलाइन खबर

समय कुन हो, जनजीवनको अवस्था के हो र राज्य चलाउने को छ, यो नभन्नु राम्रो हुन्छ । भन्दा सुन्नेका कानलाई जङ चल्छ । कवि विमल निभाले देखेको राज्य चलाउनेको मनपरी राजनीति के हो, त्यो पनि नभन्नु राम्रो हुन्छ । भन्दा सुन्नेका मथिङ्गल आक्रोशले विस्फोट होलान् भन्ने डर छ ।

शासक दलको नाम छ नेकपा डबल । सत्ताको शिखरमा नेकपा डबलका सर्वोत्कृष्ट मानव खडगप्रसाद शर्मा ओली नामक नवोदित कवि गजधम्म विराजमान छ्न् । आँसुमय कविता रच्ने यी आसु कविले सार्क सम्वादमा भनेछन्— ‘मानव जीवन सबैभन्दा महत्वपूर्ण हो ।’ सुन्नोस्त, यी सम्माननीयले कति राम्रो भनेका ! हेर्नेका दृष्टि हेरी सबै मानव जीवन समानरुपले महत्वपूर्ण किमार्थ हुँदैन । उदाहरणको लागि रेमिट्यान्स आर्जन गर्ने श्रमिककै कुरा गरौँ न । रगत, पसिना र आँसु बगाएर रेमिट्यान्स उर्फ विप्रेषण आर्जन गर्नेहरुको जीवन केवल कसैकसैका दृष्टिमा महत्वपूर्ण हुन्छ । किन ? किनभने मुलुकको जर्जर अर्थतन्त्रमा त्राण सञ्चार गर्ने जीवनदायी तत्त्व यही विप्रेषण हो । त्यसो त शासकहरुका विलासी वाहन, सुविधायुक्त निवास र अकूत तलब–भत्ताको एउटा मुहान पनि यही विप्रेषण हो । तर कसैकसैका दृष्टिमा यिनै श्रमिकको जीवन तुच्छ र हेय हुन्छ । अहिले ‘विधिसम्मत ढङ्गले’ चल्न बाचा गर्ने प्रधानमन्त्री ओलीका दिव्य वाणीहरुको चौतर्फी गोलाबारी शुरु भएको छ । ल सुन्नोस्, विप्रेषण आर्जकहरुप्रति सम्माननीय प्रधानमन्त्री ओलीको दिव्य वाणी । ‘बिदेश गयो, अल्काअल्का घर टोपी झर्ने गरी टाउको ठाडो पारेर हेर्‍यो, आयो । विदेश गयो, पाउरोटीमा जाम दलेर खायो, आयो । स्वेदशलाई काम लाग्ने कुरा केही सिक्नु छैन ।’ यो हो, श्री ३ टाइपका प्रधानमन्त्रीका पवित्र मुखारवन्दिबाट अभिव्यक्त नेकपा डबलको विधिसम्मत अभिव्यक्तिको एक विलक्षण नमूना !

सिंहदरबारस्थित एक्सन रूममा प्रम ओली ।

ल सुन्नोस्, विप्रेषण आर्जकहरुप्रति सम्माननीय प्रधानमन्त्री ओलीको दिव्य वाणी । ‘बिदेश गयो, अल्काअल्का घर टोपी झर्ने गरी टाउको ठाडो पारेर हेर्‍यो, आयो । विदेश गयो, पाउरोटीमा जाम दलेर खायो, आयो । स्वेदशलाई काम लाग्ने कुरा केही सिक्नु छैन ।’ यो हो, श्री ३ टाइपका प्रधानमन्त्रीका पवित्र मुखारवन्दिबाट अभिव्यक्त नेकपा डबलको विधिसम्मत अभिव्यक्तिको एक विलक्षण नमूना !


अँ, खालि अल्का घर हेर्ने, पाउरोटी–जाम खाने र कामलाग्दो केही नसिक्ने विप्रेषण आर्जकहरुको जीवन त यसै पनि तुच्छ भइहाल्यो । एकाधिकारी शासक ओली सरले सार्क सम्वादमा कुन मानव जीवन महत्वपूर्ण हो भन्न खोजेका होलान् ? चतुर दलाल र कुटिल बिचौलियाहरुको मानव जीवन ? धूर्त तस्कर र कपटी कालाबजारियाहरुको मानव जीवन ? दिलदार कमिशनदाता ठेकदार र उदारमना हिस्सादाता म्यानपावरकर्मीहरुको मानव जीवन ? मक्खीचुस बनियाँहरु र परम् रकमपारखी कर्पोरेट सेठहरुको मानव जीवन ? नित्य प्रभुको भक्तिभजन गाउँदै हर्दम् सत्तावरिपरि झुम्मिने आफ्ना परम् प्रियहरुको मानव जीवन ? ओरको सिन्को पर नसारी श्रमिकहरुको रगत चुसेर मोजको जीवन भोग गर्ने सकुलगुण्डा परजीवीहरुको जीवन ?

कोरोनाका कारण खाडी क्षेत्रमा अलपत्र परेका नेपालीहरु 

कुरा फेरि पनि ‘नालायक’ श्रमिकहरुकै, जो कोरोनाकालमा देशावरमा जीवन–मरणको दोसाँधमा अल्झिएका छन् । भारत र मलेसियामा । कतार र साउदीमा । कुवेत र  युएईमा । छलकारी लकडाउनले थुप्रो नेपाली श्रमिकहरुलाई बिदेशमा अड्काएर अलपत्र पारेको छ । तिनको न गर्नलाई इलम छ, न बस्नलाई बास छ, न खानलाई गाँस छ । लकडाउनले तिनलाई पक्राउ गरेर नर्कतुल्य क्वारेन्टाइनमा कैद गरेको छ ।


कुरा फेरि पनि ‘नालायक’ श्रमिकहरुकै, जो कोरोनाकालमा देशावरमा जीवन–मरणको दोसाँधमा अल्झिएका छन् । भारत र मलेसियामा । कतार र साउदीमा । कुवेत र  युएईमा । छलकारी लकडाउनले थुप्रो नेपाली श्रमिकहरुलाई बिदेशमा अड्काएर अलपत्र पारेको छ । तिनको न गर्नलाई इलम छ, न बस्नलाई बास छ, न खानलाई गाँस छ । लकडाउनले तिनलाई पक्राउ गरेर नर्कतुल्य क्वारेन्टाइनमा कैद गरेको छ । त्रियानब्बेजना बझाङी लगभग ६ हप्तादेखि उत्तर प्रदेशको रामपुरमा थुनामा छन् । तिनमा सुत्केरी महिला पनि छन्, कलिला बालकालिका पनि छन् र अशक्त वृद्धवृद्धा पनि छन् । बसाइ कोचाकोच, खाना एक छाक, सुत्न चीसो भुइँ, खानेपानी चर्पीको— तिनको कन्तबिजोक बयान गरिनसक्नु छ । ती सबैजसो बिरामी छन् । चिच्याउँदै गुहार माग्न सडकमा निस्किऊँ, बन्दुके लकडाउनको कठोर बन्देज छ । तिनको मर्का न उताको मोदी सरकार बुझ्छ, न यताको ओली सरकार तिनलाई वास्ता गर्छ ।

दिल्लीमा २५० जना नेपाली श्रमिक धूलामा मिल्किएका छन् । दक्षिण भारतबाट घर फर्किँदै के थिए तिनको बाटो लकडाउनले हठात् लक् गरिदियो । र ती यस्तो अन्धकार सुरुङमा हुलिए, जसको पल्लो छेउमा निकासको प्रकाश कतैगोचर हुँदैन । ती कोही फ्ल्याइओभरमुनि पार्किङमा सुतेका छन्, कोही साँघुरा कोठामा आठ/दशजना गुजुमुज्ज कोचिएका छन् । होटल, रेस्टुराँ, ढावा, निर्माण सबैतिरको तिनको काम खोसियो । बाँकी ज्याला माग्न फोन गर्‍यो, किरिन्टोकी मालिक गायब छ । खल्तीमा दाम छैन, थालमा माम छैन, अगाडि जान बाटो छैन । लकडाउन खुल्नुअघि नै मरिने हो कि केही ठेकान छैन । कतै नेपाली तीर्थयात्रीहरुको बेहाल छ । कतै कि घर पुगिएला कि बाटामै मरिएला भनी हिँड्नेहरुको दुर्दशा छ । भारतबाट दशौँ हजार श्रमिक नेपाल आउन चाहन्छन् । यता घरमा खेतीपातीको याम आयो, श्रम उता मुङलानमा कैदमा छ । स्वेदशी जनलाई यो दुर्दशाबाट उद्धार गर्न पहल गर्ने, मध्यस्थता गर्ने, तागिता गर्ने काम राजदूतको हो । तर महामहिम राजदूत आचार्यको चेतावनी वाणी दिल्लीको वायुमण्डलमा गुन्जिन्छ— ‘सीमा नाका खुलेको भ्रममा नपर्नु होला ।’ सङ्कटकालमा पूरा गनैपर्ने जिम्मेवारी खोलैखोला जाओस्, यी मनुवालाई राजदूतको जागिर बूढेसकालको तलबी बसियाँलो भएको छ ।


खल्तीमा दाम छैन, थालमा माम छैन, अगाडि जान बाटो छैन । लकडाउन खुल्नुअघि नै मरिने हो कि केही ठेकान छैन । कतै नेपाली तीर्थयात्रीहरुको बेहाल छ । कतै कि घर पुगिएला कि बाटामै मरिएला भनी हिँड्नेहरुको दुर्दशा छ । भारतबाट दशौँ हजार श्रमिक नेपाल आउन चाहन्छन् । यता घरमा खेतीपातीको याम आयो, श्रम उता मुङलानमा कैदमा छ । स्वेदशी जनलाई यो दुर्दशाबाट उद्धार गर्न पहल गर्ने, मध्यस्थता गर्ने, तागिता गर्ने काम राजदूतको हो । तर महामहिम राजदूत आचार्यको चेतावनी वाणी दिल्लीको वायुमण्डलमा गुन्जिन्छ— ‘सीमा नाका खुलेको भ्रममा नपर्नु होला ।’ सङ्कटकालमा पूरा गनैपर्ने जिम्मेवारी खोलैखोला जाओस्, यी मनुवालाई राजदूतको जागिर बूढेसकालको तलबी बसियाँलो भएको छ ।


यी यावत् दीनदुःखी जनको शब्दातीत कन्तबिजोकप्रति ममतामयी मजाक गर्दै सत्ता शिखरका प्रथम पुरुष ओली भन्छन्— ‘भारतबाट नेपाली नल्याऔँ, कोराना भित्रिन सक्छ ।’ कविहृदयी प्रधानमन्त्रीका कोमल चित्तमा देशबासीहरुको दुरवस्थाप्रति चिन्ता शून्यप्रायः छ, कोरोना भाइरसको त्रास विकराल छ । अलि दिनयता प्रधानमन्त्री हल्लिएको सिंहासन थाम्नमा व्यस्त थिए । र, लोकलाई राजसी महावाणीको औधी न्यास्रो लागेको थियो । अहिले फेरि अविराम वाणीवर्षा शुरु भयो । जब ओली सर बोल्छन्, केही छुट्ला कि भनी दुनियाँ टक्क सास रोकेर सुन्छ । ‘होटलमा बस्नुभन्दा नबसेर सीमा क्षेत्रमा आएर बस्ने,’ वायुमण्डलमा ओलीवाणी प्रवाहित भयो, ‘अलिकति सामाजिक दूरी कायम गरेर बस्नुभन्दा होइन हामी एकै ठाउँमा बस्ने हो भनेर बस्दिने, अनि सरकारले हेरेन भन्ने ?’

यो होटल प्रसङ्ग बडो रहस्यमय छ । होटल बुक गरिदिने कृपाकारी शासक महाकाली पारिका हुँदा हुन् कि वारिका ? अलपत्र जनहरु पारि जहाँ कोचेर राखिए, त्यो एउटा टहरो थियो ।  टहरामा न सफा चर्पीको सुविधा थियो, न स्वच्छ पिउने पानीको । न पेट भरिने गरी खान्की थप्न पाइन्थ्यो, न दूरी मिलाएर बस्ने ठाउँ थियो । जो त्यहाँ त्यसरी कैद गरिए, तीमध्ये धरैजसो बिरामी भए । पारि र वारि क्वारेन्टाइन सार्दासार्दै बृद्ध महिला जुने लुहारको ज्यान गएको खबर सुन्न शायद ओली सरलाई फुर्सद भएन । अहिले फुर्सदमा तिनै दुःखीजनहरुमाथि ओली सरको सुमधुर वचनको वर्षा भइरहेछ ।

भारतमा पसिना बगाउने श्रमिकहरु त कहाँकहाँदेखि कतिकति दिन हिँडेर रोईकराई गर्न सीमापारि आइपुग्छन् । खाडी मुलुकका श्रमिकहरु रुन कहाँ आऊन् ? भूगोलको विशाल दूरीमा ती दूर देशमा कैद भएका छन् । तिनको दुर्दशाका खबरहरु दूरी छिचोल्न नसकी प्रायः बीचमै कतै हराउँछन् । कुवेतमा आम माफी पाएका ३५ सय नेपाली अलपत्र परेका छन् । आफ्नो सरकार आओस् र उद्धार गरिदेओस् भनी पलपल बाटो हेर्दै ती आश्रय केन्द्रमा बसेका छन् । आश्रय केन्द्र जेलसरह निसासलाग्दो छ— ती भन्छ्न्  । ‘नेपाल सरकारलाई आफ्ना नागरिकलाई किन अर्काको देशमा सडाएर राखिराख्न परेको हो ?’ रसुवाकी नुमा वाइबाको प्रश्न हो यो । वाइबाकै बोलीमा आक्रोशयुक्त लोली मिलाउँदे रुपन्देहीकी रुना चौधरी थप्छिन्— ‘कुवेत हामीलाई नेपाल पुर्‍याइदिन तयार छ । यहाँको हवाईजहाज पनि लैजान तयार छ । हामीलाई किन नेपालले मात्रै रोक्न परेको होला ?’ सुन्न मनै नलाग्ने यस्ता ‘ट्याउँट्याउँ’ सुनेर सरकार अन्यौलमा छ । ‘यसमा नेपाल सरकार किन अन्यौलमा ?’ ट्वीटे राजेन्द्र दाहाल सोध्छन्— ‘बिदेशमा रहेका नागरिकलाई आफैँले उद्धार गर्नु नपरेकोमा बरु खुशी पो हुनुपर्ने । आफ्नै बुतामा एयरपोर्टसम्म आएका नागरिकलाई बसमा राखेर तिनका गाउँ–शहरका क्वारेन्टाइनमा जिम्मा लगाउनु कुन महाभारत हो ?’ दाहाल सर ओली सरकारको गोप्य दुःख कत्ति बुझ्दैनन् । एक समूहलाई देशमा फर्काउनु भनेको वास्तवमा पेन्डोरोका बाकस उघार्नु हो । बाकस उघार्दा आइलाग्ने अनेकओली आपत्को पूर्वानुमान गर्दा आलस्य, अकर्मण्यता र गैरजिम्मेवारीप्रेमी ओली सरकार त्यसैत्यसै त्राहिमाम हुन्छ ।


ट्वीटे राजेन्द्र दाहाल सोध्छन्— ‘बिदेशमा रहेका नागरिकलाई आफैँले उद्धार गर्नु नपरेकोमा बरु खुशी पो हुनुपर्ने । आफ्नै बुतामा एयरपोर्टसम्म आएका नागरिकलाई बसमा राखेर तिनका गाउँ–शहरका क्वारेन्टाइनमा जिम्मा लगाउनु कुन महाभारत हो ?’ दाहाल सर ओली सरकारको गोप्य दुःख कत्ति बुझ्दैनन् । एक समूहलाई देशमा फर्काउनु भनेको वास्तवमा पेन्डोरोका बाकस उघार्नु हो । बाकस उघार्दा आइलाग्ने अनेकओली आपत्को पूर्वानुमान गर्दा आलस्य, अकर्मण्यता र गैरजिम्मेवारीप्रेमी ओली सरकार त्यसैत्यसै त्राहिमाम हुन्छ ।


आबुधाबीको आकाश नेपाली ट्याक्सी चालकहरुको मौन चीत्कारले स्तव्ध छ । एक जमात ट्याक्सी चालक नेपाली राजदूतावासमा धर्ना बसेका छन् । तिनको अव्यक्त आक्रोश भन्छ— कि ज्यान लेऊ कि बाटो देऊ ! तिनका इलम खोसिए, तिनका भीसा बदर भए । र, ती ओल्लो घाट न पल्लो तीरका भए । तर के लाग्छ, रैथाने अल्लाह देख्दैन, ओली सरकार सुन्दैन ।

खाडी मुलुकका सबैजसो देशले भनिसके— बियाँलो नगरी तिम्रा नागरिक फिर्ता लैजाऊ । ओली सरकार कन्चट कन्याउँदै कन्छ— अँ, ‘प्राथमिकताका आधारमा’, ‘कार्यदललाई अध्ययन गर्न लगाएर’, ‘मापदण्ड किटान गरेर’, ‘बिस्तारै–बिस्तारै’, ‘विमानका नाका खुलेपछि’....। ए, विमानका नाका खुलेपछि, बल्ल ? विमानका नाका  ६ महिना नखुल्लान्, वर्ष दिन नुखल्लान् । यतिका दिन नेपाली श्रमिकहरुलाई तिमीहरु उतै अड्किराख, उतै रोओ, उतै चिच्याओ, उतै मर भन्ने ?

डा. गणेश गुरुङ भन्ने एक अजीवका विद्वान् छन् । यी खालि सरकारलाई जङ चल्ने कुरा गर्छन् । यी खालि स्थिर सरकारका जरा खल्बल्याउने चेष्टा गर्छन् । रातोदिन सुदूर पराई भूमिमा रगत, पसिना र आँसु बगाएर थुप्रो रेमिट्यान्स आर्जन गर्ने श्रमिकहरु को हुन् र के हुन् ? राष्ट्रिय जीवनमा यिनको स्थान के हो ? अर्थतन्त्रमा यिनको योगदान के हो ? र, यिनले पाउनुपर्ने मान को हो ? यी प्रश्नका डा. गुरुङका उत्तरहरु तालतालका छन् । ओली सरकारलाई यी यावत् उत्तरहरु शायद एकदमै बेतालका लाग्दा हुन् । डा. गुरुङ प्रश्न गर्छन्— अन्तअन्तकाले आफ्ना नागरिकहरु लगिसके, आपतकालमा आफ्ना नागरिकहरुलाई ‘जहाँ छौ, त्यहीँ बस’ भन्ने यो कस्तो सरकार हो ? रेमिट्यान्स आउँदासम्म ठीक, जब सङ्कटका बेला देश फर्किन खोजे, उनीहरु दुर्गन्धित भए, अपमानित भए । के व्यवस्थापन गर्ने रकम नभएर सरकार पन्छिन खोजेको हो ? भूउपग्रह, विशाल एयरपोर्ट, भ्यूटावरजस्ता विलासी परियोजनाको रकम खर्च गरे के बिग्रिन्छ ? सङ्कटमा जनजीवन प्राथमिक महत्वको चीज हो कि यी विलासी परियोजनाहरु ? आदि र इत्यादि गरी डाक्टर गुरुङका प्रश्नहरु अनेक छन् । यो देश प्रधानमन्त्रीको जति हो, हरेक नागरिकको त्यति नै हो । सङ्कटको घडीमा कोही किन आफ्नो देशमा आउन नपाउने ? डाक्टसाहेब सोध्छन्— सरकारले यी श्रमिकहरुलाई किन यतिसाह्रो हेपेको ? प्रश्नकर्ता स्वयंको उत्तर छ— यी गरिब हुनाले । यी असङ्गठित हुनाले । यिनलाई बिदेशबाटै मतदान गर्ने हक नहुनाले । डा. गुरुङ उद्घोष गर्छन्— नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने यी ‘इकोनोमिक हिरो’ हुन् । अर्थात् यी अर्थ पौरखीहरु हुन् । यी अर्थ पौरखीहरु नहुँदा हुन् त घिटिघिटी नै भए पनि हाम्रो अर्थतन्त्र कसरी जिउँथ्यो ? अनि कोरोना कहरकालमा यिनैको यत्रो अपमान ?


तस्विर : नयाँ पत्रिका

डाक्टर गुरुङका प्रश्नहरु अनेक छन् । यो देश प्रधानमन्त्रीको जति हो, हरेक नागरिकको त्यति नै हो । सङ्कटको घडीमा कोही किन आफ्नो देशमा आउन नपाउने ? डाक्टसाहेब सोध्छन्— सरकारले यी श्रमिकहरुलाई किन यतिसाह्रो हेपेको ? प्रश्नकर्ता स्वयंको उत्तर छ— यी गरिब हुनाले । यी असङ्गठित हुनाले । यिनलाई बिदेशबाटै मतदान गर्ने हक नहुनाले । डा. गुरुङ उद्घोष गर्छन्— नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने यी ‘इकोनोमिक हिरो’ हुन् । अर्थात् यी अर्थ पौरखीहरु हुन् । यी अर्थ पौरखीहरु नहुँदा हुन् त घिटिघिटी नै भए पनि हाम्रो अर्थतन्त्र कसरी जिउँथ्यो ? अनि कोरोना कहरकालमा यिनैको यत्रो अपमान ?


डाक्टर गुरुङ सोझा छन् । आँखाले देखेको र चित्तले ठानेको कुरो  मुखले प्वाक्क भन्छन् । पूर्ण विरामको एउटा कविता छ— ‘गोविन्दले ठीक भन्यो ।’ मलाई तीन बित्ता उफ्रिएर यो कविताको लयमा डाक्टर गुरुङले ठीक भने भन्न मन थियो । तर सम्भावित नतिजाको कल्पनाले मन दोमन भयो । ‘भाकुतामा बग्ने ?’ ‘अबुझहरुलाई भड्काउने ?’ ‘अस्थिरता ल्याउन खोज्ने ?’ भनेर ओली सरकारले यी सत्यवादी डाक्टरको हदैसम्म हुर्मत लिन के बेर ?

बस्, ओली सरकार शानदार छ । नेकपा डबलको शान, मान, गौरव र इमान कहीँ कतै रहलपहल भए त्यसमा शोभायमान मोसोको आभूषण लेपन गर्न ओली सर एक्लैका वचन र कर्महरु काफी छन् ! किमधिकम् ?


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.