शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको पीडा : अवैध सम्बन्धले निम्त्यायो आत्महत्या

बिहीबार, २५ वैशाख २०७७, ०९ : ११
बिहीबार, २५ वैशाख २०७७

गुल्मी । गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन् । मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलस्थित शहरमा लगेर डेरा गरेर राखेका थिए ।

सोमबार साँझ मात्रै श्रीमान्सँग फोनमा कुरा भएको थियो केहिबेर । त्यसपछि  दिदीको फोन आएको छ भनेर गीताले काटिन् । त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन् ।

बुटवल उपमहानगरपालिका वडा नम्वर १९ को पत्थरगञ्जमा उनको डेरा थियो । घरबेटी दीपक सेन भन्छन् –‘साँझ त्यस्तै साढे सात बजे उनी डेराबाट बहिर निस्केकी हुन् ।’ सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै छ सात महिना जति भएको थियो ।

मंगलबार विहान करिव सात बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता  अर्को एक पुरुष एउटै रुखमा डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पर्छिन् ।

बुटवल मै डेरा गरि बस्ने मृतक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्री भन्छिन् –‘हिजो बिहान त्यस्तै चार बजेरित मेरो कोठा भित्र छोरालाई जबरजस्ती धकेलेर अहिले आउँछु भन्दै हिँडेकी हो । विहान सात बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा मेरै बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा रैछ ।’

लक्ष्मी भन्छिन्, ‘रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन् । त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि  एकैसाथ आत्महत्या गरेका रहेछन् ।’ 

मंगलबार उनीसंगै आत्महत्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन् । मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको शव बुझेर लगेका छन् ।

बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अवैद्यसम्वन्ध रहँदै आएको खुलेको बताए । ‘हामीले थप अनुसन्धान गर्दैछौ,’ उनले भने ।

हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो । घरमा श्रीमती र ९ महिनाको छोरा छ ।  ‘छ सात महिनाअघि मात्र घरमा गएको थियो । श्रीमतीसँग पनि सम्वन्ध राम्रै थियो । यता अर्को महिलासँग झुण्डिएर आत्मा हत्या गरेको खबर आए पछि बुटवल आएका हौंँ । अहिले भाईको शव लिएर जाँदैछौं,’ उनले भने । उनकी श्रीमति र सन्तानको बिचल्ली हुने भएको उनले पीडा सुनाए  ।

उनका अनुसार उनीहरुको पुखेयौंली घर उदयपुरको चौबन्दी नगरपालिका भए पनि हाल बसाई सराई गरेर उनीहरु सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ५ मा बस्दछन् ।  यता, उनकी गीताका ५ वर्षीय छोरा ठूली आमाको शरणमा छनन् ।

गीताको शव बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत  गुल्मीबाट बुटवल पुगेका थिए । मंगलबार बुहारीको शव बुझेर खड्का परिवारले तिनहुँखोलामा दाहसंस्कार गरेका छन ।

मलेशियामा रहेका मृतक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे । ‘के गर्ने ३ महिनादेखि लकडाउनका कारण कोठा बाहिर निस्कीन सकेको छैन्  । साथमा पैसा पनि छैन । लकडाउनअघि चैत्र महिनामा यहाँको खर्च कटाएर ३५ हजार रुपैयाँ श्रीमतिलाई पठाएको थिए,’ उनले भने ।

‘लकडाउन सुरु नहुँदै मेरो घर आउने फलाइट थियो । तर, श्रीमतिले अहिले नआउनुहोस अझै एक वर्ष थपेर उतै बस्नुस भनेकी थिइन्,’  उनले भने, ‘मैले पटक पटक पठाएको दश एघार लाखको हिसाब किताबको टुंगो छैन । कहिले कसलाई कहिले कसलाई दिएको छु भन्थिन् । तर उनीहरुलाई सोध्दा लगिसकेको बताउँछन् ।’ 

‘अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप