किशोरीमाथि बलात्कार गरेको आरोपमा क्लिनिक सञ्चालक पक्राउ
रौतहट । रौतहट स्थित एकजना निजी स्वास्थ्य क्लिनिकका सञ्चालक सोही क्लिनिकमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको पश्चिमी भेग फतुवा विजयपुर वडा–४ का ५२ वर्षीय टेकबहादुर चौधरीले आफ्नै सहयोगीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
लामो समयदेखि विजयपुर बजारमा क्लिनिक खोलेर सेवा दिँदै आएका चौधरीविरुद्ध ती किशोरीले जबरजस्ती करणी गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन् ।
जबरदस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले चौधरीलाई ७ दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । आरोपी चौधरी ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पिडित किशोरीको उमेर १५ वर्ष रहेको र अहिले पीडक तथा पिडितको स्वास्थ परीक्षणसमेत भइसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जानकारी दिएको छ ।
पिडित बालिका केही महिनाको गर्भवतिसमेत रहेको स्वास्थ परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ । आरोपी चौधरीले क्लिनिकमै बालिकालाई पटक–पटक बलात्कार गरेको पिडित परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ