केन्द्रीय संस्करण
विज्ञान

मलेरिया रोगको रोकथाममा नयाँ आशा : सूक्ष्मजीवले रोग ‘पूर्ण रुपमा रोकिने’

person explore access_timeबैशाख २५, २०७७ chat_bubble_outline0

वैज्ञानिकहरुले एउटा त्यस्तो सूक्ष्मजीव फेला पारेका छन्, जसले औलो रोग (मलेरिया) को संक्रमणबाट लामखुट्टेलाई भने पूर्ण रुपमा जोगाउने गरेको छ ।

केन्या र बेलायतका टोलीले यो खोजमा मलेरिया रोगको नियन्त्रणमा ठूलो सम्भावना विद्यमान रहेको बताएका छन् ।

औलो रोगबाट संक्रमित भएका लामखुट्टेहरुको टोकाइबाट मानिसमा उक्त रोग फैलिने गर्छ । यसको अर्थ के हो भने लामखुट्टेलाई औलोको संक्रमणबाट बचाउने हो भने लामखुट्टेबाट मानिसमा औलो रोग सर्ने कडी टुट्नेछ । त्यसले मानिसलाई पनि स्वतः उक्त रोगबाट बचाउने गर्छ ।

अहिले अनुसन्धानकर्ताहरु त्यस्ता मलेरिया संक्रमित लामखुट्टेहरुलाई जंगलमा छोड्न वा रोगलाई दबाउन त्यस्ता सूक्ष्मजीवका कोषहरु छर्न सकिन्छ कि भनेर अनुसन्धान गरिरहेका छन् ।

त्यो सूक्ष्मजीव के हो ?

औलो रोगलाई रोक्ने त्यो सूक्ष्मजीव, माइक्रोस्पोरिडिया एमबी (Microsporidia MB) केन्यास्थित भिक्टोरिया ताल वरिपरिका लामखुट्टेहरुको अध्ययन गर्ने क्रममा फेला परेको थियो । उक्त सूक्ष्मजीव लामखुट्टेको आन्द्रा र प्रजनन अंगमा बस्ने गर्छ ।

अनुसन्धानकर्ताहरुले मलेरियाका परजीविहरुलाई बोकेका लामखुट्टेहरुमा एउटा पनि त्यस्तो सूक्ष्मजीव फेला पारेनन् । प्रयोगशालाहरुमा गरिएको परीक्षणमा के पत्ता लाग्यो भने त्यो सूक्ष्मजीवले लामखुट्टेलाई औलोरोगबाट बचाउँदो रहेछ ।

उक्त अध्ययन रिपोर्ट नेचर कम्युनिकेशन्समा प्रकाशित छ ।


‘हामीले सुझाव दिएका तथ्यांकअनसार यसले शतप्रतिशत रोक्छ, यसले औलो रोगलाई धेरै गम्भीर ढंगले रोक्छ,’ केन्याका इन्टरनेशनल सेन्टर फर इन्सेक्ट फिजियोलोजी एण्ड इकोलोजी ९ष्अष्उभ० का डा. जेरेमी हेर्रेनले बताए । उनका अनुसार, ‘यो खोज अत्यन्तै आश्चर्यजनक रुपमा आयो । म ठान्छु, आम मानिसहरुले यसलाई एउटा साँच्चैको ठूलो गत्यावरोधको अन्त्यको रुपमा लिनेछन् ।’


उक्त सूक्ष्मजीव माइक्रोस्पोरिडिआहरु मूलतः ढुसी हुन् वा कम्तिमा त्यसका सबैभन्दा नजिकका नातेदार हुन् र तीमध्ये धेरैजसो परजीवि हुन् ।

यद्यपि, यो नयाँ प्रजाति लामखुट्टेका लागि फाइदाजनक हुन सक्छ  । अध्ययन गरिएका कीराहरुमध्ये ५ प्रतिशतमा यो प्राकृतिक रुपमा फेला परेको थियो ।

यो पत्ता लगाइको महत्व के  ?

‘हामीले सुझाव दिएका तथ्यांकअनसार यसले शतप्रतिशत रोक्छ, यसले औलो रोगलाई धेरै गम्भीर ढंगले रोक्छ,’ केन्याका इन्टरनेशनल सेन्टर फर इन्सेक्ट फिजियोलोजी एण्ड इकोलोजी ९ष्अष्उभ० का डा. जेरेमी हेर्रेनले बताए । उनका अनुसार, ‘यो खोज अत्यन्तै आश्चर्यजनक रुपमा आयो । म ठान्छु, आम मानिसहरुले यसलाई एउटा साँच्चैको ठूलो गत्यावरोधको अन्त्यको रुपमा लिनेछन् ।’

संसारभरिमा ४ लाखभन्दा बढी मानिसहरु वर्षेनी औलो रोगका कारण मर्ने गर्छन् । तीमध्ये पनि धेरै जसो ५ वर्षमुनिका बालबालिकाहरु हुने गर्छन् ।

झुलहरुको प्रयोग र विषादीको प्रयोगले पछिल्ला दिनहरुमा औलो रोगको रोकथाममा ठूलो प्रगति भएको थियो तर हाल त्यो काम नलाग्ने भएको छ । त्यसैले औलो रोगको रोकथामका लागि नयाँ उपाय र विधिहरुको आवश्यकता भइसकेको छ ।

सूक्ष्मजीवले औलो रोग कसरी रोक्छ ?

यसबारेमा विस्तृत अध्ययन हुनु बाँकी नै छ । तर माइरोस्पोरिडिया एमबीले लामखुट्टेको रोग प्रतिरोधी क्षमतालाई उत्प्रेरित गर्ने काम गरिरहेको हुन्छ , जसले गर्दा उसले औलोको संक्रमणविरुद्ध अझ सशक्त ढंगले जुघ्न सक्छ ।

अर्को मान्यता अनुसार चाहिँ लामखुट्टेमा रहेको उक्त सूक्ष्मजीवले लामखुट्टेको समग्र पाचन प्रक्रियामा अत्यन्तै बलियो प्रभाव पार्ने गर्छ, जसले गर्दा त्यस्तो सूक्ष्मजीवले बसोबास गरेको लामखुट्टेमा औलो रोगको किटाणु टिक्नै सक्दैन ।

माइक्रोस्पोरिडिया एमबीले जीवनपर्यन्त संक्रमित तुल्याउने देखिन्छ । परीक्षणमा देखिएअनुसार त्यो सूक्ष्मजीव सशक्त हुँदै जाँदा औलो रोगप्रतिरोधी क्षमता पनि धेरै लामो समयसम्म टिक्ने खालको हुन जान्छ ।


‘यो नयाँ आविष्कार हो । औलो रोगको रोकथाममा यसको सम्भावना देखेर हामी अत्यन्तै उत्साहित भएका छौं । यसमा अत्यन्तै धेरै सम्भावना छ,’ एमआरसी–युनिभर्सिटी अफ ग्लासगो सेन्टर फर भाइरस रिसर्चका प्रोफेरस स्टेभन सिनकिन्स भन्छन् ।


यो विधि औलोरोगका विरुद्ध कहिले प्रयोग गर्न सकिन्छ ?

कम्तिमा पनि त्यस क्षेत्रका ४० प्रतिशत लामखुट्टेहरुलाई उक्त सूक्ष्मजीवबाट संक्रमित तुल्याउने पर्ने हुन्छ । तब मात्र त्यस दिशामा एउटा उपलब्धि प्राप्त हुन सक्छ ।

यो सूक्ष्मजीव वयस्क लामखुट्टेहरुमा प्रवेश गराउन सकिन्छ ताकि त्यो पोथी लामखुट्टको माध्यमबाट नयाँ जन्मने लामखुट्टेहरुमा पनि स्वतः सरेर जान्छ ।

त्यसैले अहिले अनुसन्धानकर्ताहरु लामखुट्टेहरुमा उक्त सूक्ष्मजीवको संक्रमण बढाउनको लागि मूलतः दुई वटा रणनीतिमा काम गरिरहेका छन् :

० लामखुट्टेहरुलाई संक्रमित गर्नको लागि उक्त सूक्ष्मजीवलाई ठूलो समुहमा छोड्ने

० भाले लामखुट्टे (जसले मानिसलाई टोक्दैन) लाई प्रयोगशालामा उक्त सूक्ष्मजीवबाट संक्रमित तुल्याएर खुलामा छाडिदिने । त्यसरी छाडिएका भाले लामखुट्टेले यौनक्रियाका दौरानमा पोथीलाई पनि संक्रमित तुल्याउँछ ।

‘यो नयाँ आविष्कार हो । औलो रोगको रोकथाममा यसको सम्भावना देखेर हामी अत्यन्तै उत्साहित भएका छौं । यसमा अत्यन्तै धेरै सम्भावना छ,’ एमआरसी–युनिभर्सिटी अफ ग्लासगो सेन्टर फर भाइरस रिसर्चका प्रोफेरस स्टेभन सिनकिन्स भन्छन् ।

त्यसो त सूक्षमजीवहरुको प्रयोग गरेर रोगको रोकथाम गर्ने अवधारणा नौलो होइन । वास्तविक जीवनमा गरिएको एक प्रयोगमा पनि वोल्बाचिया नाम गरेका एक किसिमका व्याक्टेरियाले डेङ्गी रोग फैलाउनका लागि लामखुट्टेहरुलाई कठिन तुल्याएको पाइएको थियो ।

अब के होला ?

अब वैज्ञानिकहरुले यो सूक्ष्मजीव कसरी फैलिन्छ भनेर थाहा पाउनुपर्नेछ ताकि उनीहरुले केन्यामा अरु थप प्रयोगका योजनाहरु बनाउन सक्नेछन् ।

यो अवधारणा आफैंमा विवादरहित छन् किनभने जंगली लामखुट्टेहरुमा त्यो सूक्ष्मजीव पहिलेदेखि नै पाइन्छ ।

साथै यसले लामखुट्टेहरुलाई पनि मार्दैन, जसले गर्दा खानाको रुपमा लामखुट्टेमाथि निर्भर हुने जीवहरुमाथि पनि त्यसले कुनै असर गर्दैन ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.