बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको असन्तुष्टिका कारण बैठक स्थगित भएपछि प्रचण्डको पहिलो प्रतिक्रिया

बिहीबार, २५ वैशाख २०७७, १५ : ४४
बिहीबार, २५ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् । 

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि र आक्रोशपछि बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो । 

अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको भन्दै अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको रहेको बताए ।  उनले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए । 

 संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’

अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए । 

आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप