शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीसीआर टेष्ट किट सकिनै लाग्दा पनि सेनाले किन ल्याउन सकेन स्वास्थ्य उपकरण ?

हामीले मात्रै हतार गरेर केही नहुने रहेछ : नेपाली सेनाका प्रवक्ता
बिहीबार, २५ वैशाख २०७७, १८ : २५
बिहीबार, २५ वैशाख २०७७

स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेपछि महङ्गोमा स्वास्थ्य सामग्री खरिद गर्न लागेको भनेर चौतर्फी बिरोध भयो । त्यसलगत्तै चैत २० गते स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग गरेको सम्झौता रद्द गर्यो । स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गर्नुपर्ने कारणमा ओम्नी समूहले समयमै सामान उपलब्ध गराउन नसकेको र उपलब्ध गराउने प्रतिबद्धतासमेत नजनाएको उल्लेख गरिएको थियो ।

यद्यपि त्यहीबीचमा नै नेपाली सेनालाई स्वास्थ्य उपकरण खरिद गरी ल्याउने जिम्मेवारी दिइसकिएको थियो । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रक्षा मन्त्रालयमार्फत् नेपाली सेनाले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य सामग्री खरिद गर्ने गरी नेपाली सेनालाई जिम्मा दिइएको थियो । त्यसलगत्तै होमवर्क थालेको सेनाले जिम्मेवारी पाएको झण्डै ४० दिनमा पनि स्वास्थ्य उपकरणहरु नेपाल ल्याउन सकेको छैन ।


वैशाख ८ गते सेनाले सिनो फर्मालाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर रकम स्वास्थ्य उपकरण खरिदका लागि पठाएको थियो । र, पहिलो चरणमा सम्झौता भएको १० दिनभित्र अत्यावश्यक सामान उपलब्ध गराउने सम्झौता भएको थियो । वैशाख ७ गते सम्झौता गरी ८ गते भुक्तानी गरेको भएपनि नेपालकै घरेलु कानुन र ढुवानीका लागि ठेकेदार खोज्दैमा अर्को एक साता सकियो ।


नेपाली सेनाले वैशाख ७ गते मात्रै चीनको सिनो फर्मासँग स्वास्थ्य उपकरण खरिद गर्ने गरी सम्झौता गरेको थियो । विभिन्न ६७ प्रकारमा औषधी तथा स्वास्थ्य उपकरण खरिद गर्नका लागि सम्झौता गरी सेनाले सिनो फर्मास्युटीकललाई २ अर्ब २१ करोड रुपैयाँ बुझाइसकेको छ ।

वैशाख ८ गते सेनाले सिनो फर्मालाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर रकम स्वास्थ्य उपकरण खरिदका लागि पठाएको थियो । र, पहिलो चरणमा सम्झौता भएको १० दिनभित्र अत्यावश्यक सामान उपलब्ध गराउने सम्झौता भएको थियो । वैशाख ७ गते सम्झौता गरी ८ गते भुक्तानी गरेको भएपनि नेपालकै घरेलु कानुन र ढुवानीका लागि ठेकेदार खोज्दैमा अर्को एक साता सकियो ।

सिनो फर्मासँग सम्झौता गरेको पर्सिपल्ट बल्ल सेनाले स्वास्थ्य उपकरण ढुवानीका लागि ७२ घण्टाको समय दिएर टेण्डर निकाल्यो । र, वैशाख १२ गते फ्ल्यास फ्रेट लजिष्टिक नामक कम्पनीले सामान ढुवानीको ठेक्का पायो ।

तर ठेक्काको सम्बन्धमा रक्षा मन्त्रालयमा लेखि पठाउँदा र उजुर गर्ने समय दिँदा फ्ल्यास फ्रेटसँग सम्झौता गर्न अर्को ४ दिन लाग्यो । सेनाले वैशाख १४ गते बल्ल फ्ल्यास फ्रेटलाई लेटर अफ इन्टेन्ट दिनका लागि रक्षा मन्त्रालयमा पत्र पठाएको थियो । तर आर्थिक नियमको परिधिमा रहनुपर्दा उजुर गर्ने समय वैशाख १५ गते साँझ ५ बजेसम्म थियो । त्यो समयमा कुनै उजुर नपरेपछि सेनाले वैशाख १६ गते बल्ल फ्रेटलाई ‘लेटर अफ एसेप्टेन्स’ दियो ।


पाली सेनाका अनुसार अहिले गोन्जाओको भन्सार कार्यालयमा नेपाल आउने सामानहरुको गुणस्तर परीक्षण तथा लेभलिङको काम भइरहेको छ । भन्सार कार्यालयको काम शुक्रबारसम्म सकिएको अवस्थामा चीनबाट सम्भवतः सोमबार चार्टर फ्लाइटमार्फत् सामान नेपाल आउने छ । तर शुक्रबारसम्म भन्सारको काम नसकिएको अवस्थामा कम्तिमा अर्को २ वा तीन दिन थप समय लाग्नेछ ।


उता चीनमा पनि काम गर्नका लागि फ्ल्यास फ्रेटले डास्याङ्को भन्ने कम्पनीसँग स्म्झौता गर्यो । अनि डास्याङ्कोले सोझै सिनोसँग मिलेर सामान नेपाल पठाउने गरी काम गरिरहेको सेनाले जनाएको छ ।

सम्झौता अनुसार फ्ल्यास फ्रेटले वैशाखको २३ गते नै सामान ल्याइसक्नुपर्ने थियो । तर उसले सामान ल्याउन सकेको छैन । सामान किन समयमै आएन त भन्ने रातोपाटीको प्रश्नमा सेनाका प्रवक्ता विज्ञानदेव पोण्डेले भने, ‘चीनमा मे १ देखि ५ सम्म विदा नै थियो । मे ६ अर्थात् हिजोबाट मात्रै कार्यालयहरु खुलेकाले अहिले काम भइरहेको छ । ढिलो हुनुको कारण भनेको चीनमा विदा हुनु नै हो ।’

सेनाका अनुसार फ्ल्यास फ्रेटले हवाई उडानबाट आउने सामानका लागि दुईवटा उडान गर्नेछ । पहिलो उडानमा १८ दशमलब ८४३ टन सामान र अर्को उडानमा १८ दशमलब ७७ टन सामान ल्याइने छ । दुबै सामान ल्याउने कामका लागि फ्रेटलाई ३ लाख ७२ हजार ५ सय डलर रुपैयाँको ठेक्का दिइएको थियो ।

सामान आउन कम्तिमा वैशाख २९ सम्म पर्खनुपर्ने

नेपाली सेनाका अनुसार अहिले गोन्जाओको भन्सार कार्यालयमा नेपाल आउने सामानहरुको गुणस्तर परीक्षण तथा लेभलिङको काम भइरहेको छ । भन्सार कार्यालयको काम शुक्रबारसम्म सकिएको अवस्थामा चीनबाट सम्भवतः सोमबार चार्टर फ्लाइटमार्फत् सामान नेपाल आउने छ । तर शुक्रबारसम्म भन्सारको काम नसकिएको अवस्थामा कम्तिमा अर्को २ वा तीन दिन थप समय लाग्नेछ । चीनमा शनिवार र आइतबार सार्वजनिक विदा हुने भएकाले चीनबाट शुक्रबारसम्म भन्सारको काम नसकिएको अवस्थामा यो वैशाख महिनामै पहिलो चरणको सामान आउने सम्भावना रहेको छैन ।

सेनाले ल्याउँदै थियो ३० हजार थान पीसीआर किट

सेनाका प्रवक्ता पाण्डेका अनुसार सेनाले पहिलो उडानबाट ल्याउने सामानमध्ये २१ हजार थान पिपिई, ३० हजार थान पीसीआर किट, एन ९५ मास्क लगायतका स्वास्थ्य उपकरणहरु रहेका थिए । यसअघि सेनाले वैशाख २३ मै पीसीआर किटहरु नेपाल आइपुग्ने भनेपछि सरकारले पीसीआर किटको व्यवस्थापन गरेको थिएन । तर सेनाले भनेको समयमा नै ती सामान उपलब्ध गराउन नसकेपछि सोमबारदेखि स्वाबको नमुना संकलन र परीक्षणमा कमी आएको थियो ।

सरकारसँग पीसीआर किट भएपनि त्यसमै प्रयोग हुने आरएनए एक्सट्राक्सन किट नहुँदा पीसीआर परीक्षणमा जटिलता आउनै थालेको थियो । यद्यपि सरकारले बिहीबार बिहानमात्रै चीनबाट ४ हजार थान आरएनए एक्सट्राक्सन किट ल्याइसकेको छ भने बिहीबार बेलुका मलेसियाबाट ३० हजार थान आरएनए एक्सट्राक्सन किट ल्याउँदै छ ।


नेपाली सेनाले आफूले पाएको जिम्मेवारी समयमै पूरा गर्न किन नसकेको हो भन्ने प्रश्नमा सेनाले आफूहरुले अझै छिटो काम गरेको दाबी गरेको छ । सेनाका प्रवक्ता पाण्डेका अनुसार चीनले नेपाललाई प्राथमिकता दिएको कारणले अझै छिटो काम भएको नत्र २ महिनाभन्दा बढी समय लाग्ने अवस्था रहेको थियो ।


सडकमार्गबाट ३ सय ५ टन सामान आउँदै

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य उपकरणमध्ये करिब ३ सय ५ टन सामान स्थलमार्ग हुँदै नेपाल आउने क्रममा रहेका सेनाले जनाएको छ । पहिलो चरणमा २२ गते नै एउटा कन्टेनर गोन्जाओबाट हिँडिसकेको प्रवक्ता पाण्डेले बताए । उनले भने, ‘ग्राउन्डबाट ल्याउने सामानहरुलाई चाहिँ पहल गरेर कन्टेनर हिँडिसकेको छ । कन्टेनर गोन्जाउबाट ल्हासा, ल्हासाबाट सिगात्सेसम्म आइसकेको छ । सिगात्सेबाट तातोपानीसम्म सानो बाटो भएको कारणले त्यहाँ कन्टेनर आउन सक्दैन र त्यसका लागि सानो ट्रकमा हालेर सामान ल्याउनुपर्छ । पहिलो लटमा स्थल मार्गबाट आएको सामान करिब ७ ट्रक जति रहेको जानकारी पाएका छौँ ।’

त्यसैगरी दोस्रो लटको कन्टेनर पनि गोन्जाओबाट हिँडिसकेको पाण्डेले बताए । पाण्डेका अनुसार गोन्जाओबाट २४ गते पनि अर्को कन्टेनर हिँडिसकेको छ र त्यो कन्टेनरमा १ सय ४० टन सामान रहेको छ । पाण्डेका अनुसार चीनबाट सामान हिँडेको ९ देखि ११ दिनमा सामान नेपाल आइपुग्ने छ । यसअनुसार २२ गते हिँडेको सामान वैशाखको अन्तिम वा जेठको १ गते काठमाडौं आइपुग्ने सम्भावना रहेको छ । त्यसैगरी वैशाख २४ गते हिँडेको सामान जेठको ३ वा ४ गते काठमाडौं आइपुग्ने सम्भावना रहेको पाण्डेले बताएका छन् ।

सेना भन्छ, हामीले अझ प्राथमिकता पाएका हौँ


सेनाका अनुसार अहिले चीनले वस्तुको निर्यातमा गुणस्तरीयताको ग्यारेन्टी गरेपछि मात्रै पास हुन्छ । त्यसैका लागि अहिले गोन्जाओमा वेयरहाउस जाम भएको छ । पाण्डेले भने, ‘हामीले मात्रै हतार गरेर पनि केही हुँदैन । किनभने गुणस्तरको प्रत्याभूति नभएको सामान अहिले चिनले निर्यात गर्दैन । यो अप्रिल १० तारिखदेखि सुरु भएको नियम हो । त्यसकारण गुणस्तरको परीक्षण भएको र पूरा लेभल लगाइएको सामान मात्रै अहिले किन्न पाइन्छ । अनि अहिलेको नयाँ नियमअनुसार गोन्जाउमा जम्मा २ घण्टा मात्रै विमान होल्ड गर्न पाइन्छ ।


नेपाली सेनाले आफूले पाएको जिम्मेवारी समयमै पूरा गर्न किन नसकेको हो भन्ने प्रश्नमा सेनाले आफूहरुले अझै छिटो काम गरेको दाबी गरेको छ । सेनाका प्रवक्ता पाण्डेका अनुसार चीनले नेपाललाई प्राथमिकता दिएको कारणले अझै छिटो काम भएको नत्र २ महिनाभन्दा बढी समय लाग्ने अवस्था रहेको थियो । पाण्डेले भने, ‘हामीले सबै च्यानल प्रयोग गरेर सामान छिटो ल्याउन पहल गरिरहेका छौँ । हिँजो (बुधबार) मात्रै कार्यालय खुल्नेबित्तिकै डिप्लोमेटिक नोट लेखेर दूतावासमार्फत् बेइजिङस्थित सिनो फार्म र अन्य सरोकारवाला संस्थाहरुलाई भन्सार प्रक्रिया छिटो सकाइदिन आग्रह गरि सकिएको छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत् पनि छिटो काम गरिदिनका लागि पत्र गएको छ भने बुधबारमात्रै प्रधानसेनापतिबाट नेपालस्थित चिनिया दूतावासका रक्षा सहचारीलाई भेट गरी काम छिटो गर्ने गरी पहल भएको छ । यस अर्थमा हामीले भन्सार प्रक्रियालाई सरलीकरण गरी छिटो काम गर्ने योजना बनाएका छौँ । त्यसकारण अहिले चीन र गोन्जाओको अवस्था हेर्दा हाम्रो त अझै छिटो भएको हो भनेर बुझुनुपर्छ ।’


पीसीआर मेसिनबाट कोरोना परीक्षण गराउन समस्या परेको समाचार आइरहेका बेला स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने पीसीआर किटको समस्या समाधान भइसकेको दाबी गर्छन् । रातोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘हामीले मुख्यतः पशु सेवा विभागबाट ती किटहरु किनेर ल्यायौँ, मध्यपुर ठिमी तथा एचआइभी एड्सका प्रयोग हुने किटपनि एउटै भएकाले त्यहाँबाट पनि ती किटहरु हामीले ल्यायौँ । ती किट ल्याएर तत्कालका लागि हामीले प्रयोग गर्यौँ । किटको अभावले परीक्षण नै भएन भन्ने समाचार झूठो हो, कहीँपनि परीक्षण रोकिएको छैन ।’


विमान रित्तो फर्कनुभन्दा प्रक्रिया पूरा गर्नु बेस

सेनाका अनुसार अहिले चीनले वस्तुको निर्यातमा गुणस्तरीयताको ग्यारेन्टी गरेपछि मात्रै पास हुन्छ । त्यसैका लागि अहिले गोन्जाओमा वेयरहाउस जाम भएको छ । पाण्डेले भने, ‘हामीले मात्रै हतार गरेर पनि केही हुँदैन । किनभने गुणस्तरको प्रत्याभूति नभएको सामान अहिले चिनले निर्यात गर्दैन । यो अप्रिल १० तारिखदेखि सुरु भएको नियम हो । त्यसकारण गुणस्तरको परीक्षण भएको र पूरा लेभल लगाइएको सामान मात्रै अहिले किन्न पाइन्छ । अनि अहिलेको नयाँ नियमअनुसार गोन्जाउमा जम्मा २ घण्टा मात्रै विमान होल्ड गर्न पाइन्छ । यो भनेको त्यहाँ विमान ओर्लेको २ घण्टामा सामान लोड गरेर फर्किसक्नु पर्ने हुन्छ । यदि त्यसो हुन नसकेमा विमान रित्तै फर्कनुपर्ने अवस्था पनि आउन सक्छ । एअर क्यनडाको केसमा पनि समयमै सामान लोड गर्न नसक्दा रित्तै फर्कनुपरेको थियो । हामी विमान रित्तै फर्काउने पक्षमा छैनौ ।’

स्वास्थ्य सेवा विभाग भन्छ, ‘किटको समस्या समाधान भइसक्यो’

पीसीआर मेसिनबाट कोरोना परीक्षण गराउन समस्या परेको समाचार आइरहेका बेला स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ भने पीसीआर किटको समस्या समाधान भइसकेको दाबी गर्छन् । रातोपाटीसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘हामीलाई चीनबाट २० हजार थान र सिंगापुरबाट १० हजार थान पीसीआर किट आउने भन्ने जानकारी आएको थियो र हामीले त्यही अनुसारको योजना बनाएका थियौँ । ती स्थानहरुबाट ती सामानहरु पनि आए । तर समस्या कहाँ पर्यो भने ती स्थानबाट आरएनए एक्सट्राक्सन किटचाहिँ आएन । त्यसले हामीलाई केही समस्या भयो र स्थानीय स्तरबाटै हामीले खोज्याँै । हामीले मुख्यतः पशु सेवा विभागबाट ती किटहरु किनेर ल्यायौँ, मध्यपुर ठिमी तथा एचआइभी एड्सका प्रयोग हुने किटपनि एउटै भएकाले त्यहाँबाट पनि ती किटहरु हामीले ल्यायौँ । ती किट ल्याएर तत्कालका लागि हामीले प्रयोग गर्यौँ । किटको अभावले परीक्षण नै भएन भन्ने समाचार झूठो हो, कहीँपनि परीक्षण रोकिएको छैन ।’


‘हामीसँग ८० हजार थान आरडीटी किट थियो । त्यो मध्ये २५ हजार जति फिल्डमा छ र हामीसँग १ हजार जतिको हाराहारीमा मात्रै मोज्दात रहेको छ । खासमा अर्को १ लाख थान आरडीटी किट आज आउनुपर्ने थियो । तर त्यो आउन सकेन । एअरलाइन्सले त्यो सामान ल्याइदिएन । तर किन ल्याइदिएन त्यो चाहिँ थाहा भएन । हामीले सम्झौता गरेको पार्टीले जिम्मा दिएको भएपनि विमानले त्यो सामान ल्याइदिएको रहेनछ । तर पनि केही दिनमै त्यो सामान पनि आउँछ र, समस्या हुँदैन ।’


श्रेष्ठले अगाडि भने, ‘ तर बिहीबार मात्रै करिब ३४ हजार थान आरएनए एक्सट्राक्सन किट नेपाल आइपुग्दै छ । त्यसपछि त्यो समस्या पनि बिस्तारै कम हुन्छ । सरकारले नै पहल गरिसकेको हुनाले हिँजो (बुधबार) अष्ट्रेलिया उडेको विमानले मलेसियाबाट बिहीबार बेलुका ३० हजार थान आरएनए एक्सट्राक्सन किट ल्याउँदै छ । हामीले अर्को एजेन्टलाई पनि भनेका थियौँ । आजमात्रै ४ हजार थान आरएनए एक्सट्राक्सन किट पनि चीनबाट आइसकेको छ । र, अब एक दुई दिनमै हामीसँग करिब ३७ हजार थान आरएनए एक्सट्राक्सन किट हुनेछ । त्यसकारण किटको अभावको कुरा सकिएको छ र त्यो समस्या अब आउने छैन ।’

आगामी एक महिनामा थप ५० हजारको पीसीआर टेष्ट गरिने

विभागका महानिर्देशक श्रेष्ठका अनुसार आगामी एक महिनाभित्र थप ५० हजार व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने सरकारको तयारी रहेको छ । उनले भने, ‘एक महिनाभित्र हामीले थप ५० हजारको पीसीआर टेष्ट गर्ने भनेका छौँ । त्यसकारण अरु पनि ल्याउनुपर्ने हुन्छ र हामीले त्यसको तयारी गरिसकेका छौँ । सेनाले पनि ३० हजार थान किट ल्याउँदै छ । त्यसकारण किटको समस्या समाधान भइसक्यो भन्दा हुन्छ ।’

१ लाख थान -यापिड टेष्ट किट आउँदै

स्वास्थ्य सेवा विभागका अनुसार केही दिनमै थप एक लाख थान -यापिड डायग्नोष्टिक किट आउँदै छ । अहिले पनि विभिन्न जिल्लाहरुमा करिब २५ हजार थान र विभागसँग करिब १ हजार थान आरडिटी टेष्ट किट रहेको छ । अब चीनबाट थप एक लाख थान किट आएपछि आरडीटी टेष्टको दायरा पनि बढ्ने उनको भनाई छ । उनले भने, ‘हामीसँग ८० हजार थान आरडीटी किट थियो । त्यो मध्ये २५ हजार जति फिल्डमा छ र हामीसँग १ हजार जतिको हाराहारीमा मात्रै मोज्दात रहेको छ । खासमा अर्को १ लाख थान आरडीटी किट आज आउनुपर्ने थियो । तर त्यो आउन सकेन । एअरलाइन्सले त्यो सामान ल्याइदिएन । तर किन ल्याइदिएन त्यो चाहिँ थाहा भएन । हामीले सम्झौता गरेको पार्टीले जिम्मा दिएको भएपनि विमानले त्यो सामान ल्याइदिएको रहेनछ । तर पनि केही दिनमै त्यो सामान पनि आउँछ र, समस्या हुँदैन ।’

ओम्नी समूहले समयमै र उचित मूल्यमा स्वास्थ्य उपकरणहरु ल्याउन नसकेपछि सरकारले जिटुजी प्रक्रियामार्फत् सामान ल्याउने भन्दै नेपाली सेनालाई जिम्मा दिएको थियो । सेनाले ६७ प्रकारका स्वास्थ्य उपकरण चीनबाट र औषधीहरु भारतबाट खरिद गर्ने गरी सम्झौता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप