शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट ३० हजार बढीको निधन

बिहीबार, २५ वैशाख २०७७, २३ : ११
बिहीबार, २५ वैशाख २०७७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । गएको २४ घन्टाभित्र ५ सय ३९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । गएको २४ घन्टाभित्र थप ५ हजार ६ सय १४ जनामा कोरोनाको संक्रमण देखिएको छ । हाल बेलायतमा कोरोना संक्रमितहरुको संख्या २ लाख ६ हजार ७ सय १५ रहेको छ । त्यस्तै २४ घन्टाभित्र ८६ हजार ५ सय ८३ जनामा कोरोनाको परीक्षण गरिएको छ । दैनिक १ लाख जनाको कोरोना परिक्षण गरिने सरकारको नीति रहेपनि विगत केहिदिन यता, उक्त संख्या कम भएको छ । हालसम्म बेलायतमा १५ लाख मानिसहरुमा कोरोनाको परीक्षण गरिसकिएको छ ।

त्यस्तै बेलायतमा ४४ जना गैरआवासीय नेपालीहरुको कोरोना संक्रमणका कारण निधन भएको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ । तर एनआरए यूकेले दिएको तथ्याँकअनुसार हालसम्म ५१ जना नेपालीहरुको निधन भैसकेको छ । मृत्यु हुनेहरुमा दुई तिहाईभन्दा बढी भूतपूर्व गोर्खा सैनिकहरु रहेका छन् । कोरोनाबाहेक अन्य कारणले पनि अन्य १५ जना नेपालीहरुको निधन भएको छ ।

कोरोनाको संक्रमणबाट हालसम्म विश्वमा २ लाख ६८ हजार भन्दा बढीको निधन भैसकेको छ । सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पहिलो स्थानमा रहेको छ, जहाँ ७५ हजारभन्दा बढीको कोरोनका कारण मृत्यु भएको छ । त्यस्तै कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमा बेलायत दोस्रो स्थानमा रहेको छ । गएको २ दिनदेखि युरोपियन मुलुक इटालीलाई पछी पार्दै कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत युरोपकै पहिलो मुलुक बनेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप