केन्द्रीय संस्करण

लकडाउनमा प्रेमिकासँगै बसेका अरबाजले गरेकै हुन् त विवाह ?

person explore access_timeबैशाख २६, २०७७ chat_bubble_outline0

एजेन्सी : कोरोना भाइरस संक्रमण फैलिएपछि त्यसको रोकथामका लागि आह्वान गरिएको लकडाउनका कारण थुप्रै बलिउड सेलिब्रेटी आफ्ना प्रेमीप्रेमिकासँग क्वारेन्टाइनमा बसिरहेका छन् । 

जसमा पर्छन् बलिउड अभिनेता अरबाज खान पनि । उनी आफ्नी प्रेमिका जियोर्जिया एन्ड्रियानीसँग होम क्वारेन्टाइनमा बसिरहेका छन् । यसैबीच, भारतीय सञ्चार माध्यममा उनीहरुले गोप्य रुपमा विवाह गरेको समाचार प्रशारण गरेका छन् । 

विवाहको बारेमा समाचार बाहिरिएपछि अरबाजकी प्रेमिका जिओर्जियाले वास्तविकता बाहिर ल्याएकी छिन् । उनले भनेकी छिन्, ‘हामी दुई पहिले पनि एकसाथ लामो समयदेखि सँगै छौं । त्यसैले यसका खासै कुनै परिवर्तन आएको छैन । हामी एक अर्कालाई निकै राम्रोसँग बुझ्छौँ ।’ 

यसबाहेक उनले विवाह भएमा सबैलाई जानकारी दिने समेत जिकिर गरेकी छिन् । भनेकी छिन्, ‘मानिसहरु जे मन लाग्छ सोच्न सक्छन् । तर मलाई यस्ता कुराहरुले फरक पर्दैन । जब हामी यो सम्बन्धलाई अगाडि बढाउँछौँ तब हामी सबैलाई जानकारी दिनेछौँ । म कसैको दिमाग काबुमा राख्न सक्दिन त्यसैले जसलाई जे सोच्न मन लाग्छ सोच्न सक्छन् ।’

अरबाज र जियोर्जिया करिब दुई वर्षदेखि प्रेमसम्बन्धमा छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.