बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस प्रयोगशालामा बनाइएको हो ? यसबारे गरिने अनुसन्धानमा चीनले मद्दत गर्ने

शुक्रबार, २६ वैशाख २०७७, १० : १९
शुक्रबार, २६ वैशाख २०७७

चीनले कोरोनाभाइरसको उत्पत्तिको विषयमा गरिने अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको मद्दत गर्ने बताएको छ । यद्यपि, चीनले यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने माग गरेको छ ।

अमेरिकाले सधैं चीनले कोरोनाभाइरसको विषयमा पारदर्शिता नअपनाएको आरोप लगाउने गर्छ । यहाँसम्म कि अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको दाबीसमेत गर्छन् ।

यद्यपि, चीनले यी सबै आरोप ठाडै अस्विकार गर्ने गरेको छ । चीनले कोरोनाभाइरसको उत्पत्ति चीनभन्दा बाहिर भएको बताउने गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले एउटा झुट लुकाउनका लागि अर्को भुट बोलिरहेको बताएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप