शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनले सबैलाई जन्मदिनको बधाई दिँदै भने, ‘यस्तो मौका हजार वर्षमा एकपटक आउँछ’

शुक्रबार, २६ वैशाख २०७७, १२ : ३७
शुक्रबार, २६ वैशाख २०७७

बलिउडका महानायक भनिन् अमिताभ बच्चनले शुक्रबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा पोष्ट सेयर गर्दै सबैलाई जन्मदिनको बधाई दिए । यस्तो गर्नुको कारण बारे पनि उनले जानकारी दिए । उनका अनुसार यो विशेष दिन हो र यस्तो हरेक १ हजार वर्षमा एकपटक आउँछ ।

आफ्नो पोस्टमा अमिताभले लेखे, ‘तपाईंहरु सबैलाई जन्मदिनको शुभकामना... विशेष दिन...हरेक हजार वर्षमा एक मौका... तपाईंको उमेर + तपाईं जन्मिएको वर्ष, हरेक व्यक्ति = २०२० ।’

उनका अनुसार यदि हरेक व्यक्तिको उमेरमा यदि उनीहरुको जन्मिएको वर्ष जोडिदिने हो भने त्यो २०२० हुने गर्छ ।

एकदिन अघि सेयर गरेका थिए ट्युलिप गार्डनको फोटोः

एकदिन अघि अमिताभ बच्चनले बिहिबार नेदरल्याण्डको केकेनहोफ शहरस्थित संसारको सबैभन्दा ठूलो ट्यूलिप गार्डनका केही तस्बिर सेयर गरेका थिए । यसको क्याप्सनमा उनले यो गार्डनसँग उनको ४० वर्षभन्दा पनि पुरानो याद जोडिएको बताए । उनका अनुसार यहाँ उनले आफ्ना छोरा अभिषेक लगभग हराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप