शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हवाई उडान बन्द हुँदा युएईमै गरियो नेपालीको अन्त्येष्टि

शुक्रबार, २६ वैशाख २०७७, १४ : २८
शुक्रबार, २६ वैशाख २०७७

युएई। कोरोनाभाइरस(कोभिड-१९) का कारण नेपालको हवाई उडान बन्द हुँदा यूएईमा मृत्यु भएका एक नेपाली महिलाको यहाँ नै अन्त्येष्टि गरिएको छ । 

दुई महिना अघि आत्महत्या गरेकी झापा अर्जुनधाराकी निता चौधरीको बिहीबार युएईको अलऐनमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।

वैदेशिक रोजगारीका लागि ७ महिना पहिले युएईको रोयल क्याटरिङ्ग कम्पनीमा आएकी चौधरीले गएको फागुन १९ गते  झुण्डिएर आत्महत्या गरेकी थिइन्।

नेपालको हवाई उडान बन्द हुनु र नेपालमा लकडाउन पनि लम्बिएसँगै शव नेपाल लैजान नसक्ने भएपछि दुबईमै कार्यरत मृतकका दाइ किशोर चौधरीसँग समन्वय गरेर शव युएईमै अन्त्येष्टि गरिएको हो ।परिवारको अनुमतिसहित उनको  अन्त्येष्टि गरिएको गैर आवासीय नेपाली संघ(एनआरएनए) युएई  क्षेत्रीय समिति अबुधावीका पूर्वअध्यक्ष दुर्योधन कार्कीले रातोपाटीलाई बताए।

कोरोनाको कारण हवाई उडान बन्द हुँदा युएईमा २६ जनाको शव रोकिएको मध्य बिहीबारसम्म ७ जनाको शव अन्त्येष्टिका लागि परिवारले अनुमति दिएकाले दूतावास आबुधावीले जनाएको छ।जस अनुसार ५ जनाको अन्त्येष्टि भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप