शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको त्रासकाबीच संसद बैठक : यस्तो देखियो संसद भवन प्रवेश गर्नुअघिको दृश्य (तस्बिरहरु)

शुक्रबार, २६ वैशाख २०७७, १६ : १७
शुक्रबार, २६ वैशाख २०७७

काठमाडौं । संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । 

 जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो । 

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको थियो । 

सांसदहरुको तापक्रम (ज्वरु) नापेर मात्रै संसद भवनभित्र पस्न दिइएको थियो भने गेटमा छिर्नुभन्दा पहिले सांसदहरुले औषधि राखेको फर्ममाथि कुल्चेर भित्र छिरेका थिए ।

 भित्र छिर्नु अघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ । सांसदहरुले मास्क र पञ्जा लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप