बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चराले गन्ध थाहा पाउँछ कि पाउँदैन ?

शनिबार, २७ वैशाख २०७७, ०९ : ४०
शनिबार, २७ वैशाख २०७७

 

लामो समयदेखि के विश्वास गरिँदै आइएको थियो भने, चराले गन्ध थाहा पाउँदैन, त्यसले देखेको भरमा मात्र आफ्नो शिकार पत्ता लगाउँछ । तर पछिल्लो चरणमा वैज्ञानिकहरुले पत्ता लगाएका छन्, चराले गन्ध थाहा पाउँदैन भन्ने कुरा पूर्ण सत्य होइन । पहिले पहिले विश्वास गरिँदै आएजस्तो अधिकांश चराहरुले गन्ध थाहा नपाउने, फगत देखेको भरमा मात्र शिकार पत्ता लगाउने कुरा साँचो हो तर चराका केही प्रजातिहरुले गन्धलाई राम्ररी ठम्याउन सक्छ र त्यसको आधारमा उसले आफ्नो शिकार पनि पहिल्याउँछ ।

टर्की गिद्ध https://www.audubon.org

उदाहरणको लागि, टर्की गिद्ध (Turkey Vulture, जसको वैज्ञानिक नाम Cathartes aura हो) ले देखेर मात्र हैन, गन्धको आधारमा पनि आफ्नो शिकार थाहा पाउन सक्छ । विशेष गरी अमेरिकी महाद्वीपमा पाइने यस गिद्धले आफ्नो आँखाले पहिल्याउन नसक्ने अवस्थामा रुख पात वा अन्य त्यस्तै वस्तुहरुले ढाकिएको सिनोलाई पनि गन्धको आधारमा पत्ता लगाउँछ । रोचक त के छ भने, गिद्धहरुको संसारमा अन्य गिद्धहरुले चाहिँ यसरी गन्धको आधारमा शिकार पहिल्याउन सक्दैन । उनीहरुले देखेको भरमा मात्र आफ्नो भोजन ठम्याउँछ ।

किवी https://i.pinimg.com

गन्ध थाहा पाउने प्रणाली राम्ररी विकसित भएको अर्को चरा किवी (Nocturnal kiwi) पनि हो । न्यूजिल्याण्डमा पाइने यस चरामा गन्ध थाहा पाउने प्रणाली अति राम्ररी विकसित भएको हुन्छ । यही प्रणालीको मद्धतले यस चराले माटोमुनि रहेको कीरा फट्यांग्राहरुलाई पत्ता लगाएर आफ्नो भोजन बनाउँछ । अन्य चराहरुभन्दा नितान्त भिन्न रुपमा यस किवी चरामा गन्ध थाहा पाउने अंग (Nasal membranes) राम्ररी विकसित भएको हुन्छ । यो अंग यसको टुप्पोको पुछारमा रहेको हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप