शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हर्ट अट्याक’ आउनुभन्दा केही दिन पहिले नै देखिन थाल्छन् यस्ता लक्षणहरु

आइतबार, २८ वैशाख २०७७, १३ : २८
आइतबार, २८ वैशाख २०७७

एजेन्सी- हृदयघात हुनुभन्दा अगाडि नै शरीरमा केही संकेतहरु देखा पर्छन् । तर, जानकारीको अभावमा शरीरमा देखापर्ने यस्ता लक्षणहरुलाई नजरअन्दाज गर्ने गरिन्छ । यस्तै लापरबाहीका कारण केही दिनपछि मुटुमा समस्या आउन सक्छ । 

हृदयघात खतरानाक रोग हो । र, यो रोग जो कोहिलाई पनि लाग्न सक्छ । तर, कमैलाई मात्रै थाहा छ, हृदयघात हुनुभन्दा केही दिनअगाडि नै केही दिन अगाडि नै संकेत देखापर्न थाल्छ जसले दैनिक जीवनयापन असामान्य बनाइदिन्छ । 

उक्त दिनहरुमा हिँड्दा, काम गर्दा छात्तीमा भारीपन महसुस हुने, सास फेर्न गाह्रो हुने आदि हुन्छ । तर, यसलाई सामान्य लक्षण मानेर मानिसहरु हल्का रुपमा लिन्छन् जसले गर्दा हृदयघात भएको थाहा नै पाउँदैनन् । 

हृदयघात हुनु केहि दिन अगाडि सास फेर्न गाह्रो हुन्छ । पूरा सास लिएपछि हावाको कमी महसुस भएको अनुभव हुन्छ । यदि शरीरमा कुनै समस्या छैन र लामो समयसम्म यस्तो भइरहेको खण्डमा स्वास्थ्य सेवा लिन आवश्यक छ । 

त्यसैगरी, छात्तीमा जलन महसुस भयो वा लामो समयसम्म अपच हुने समस्या भयो भने सावधान हुन आवश्यक छ । लामो समयसम्म अपचको समस्या भयो भने हृदयघातको संकेत हुनसक्छ । 

हृदयघातको केही समय अगाडि हात, बंगरा, दाँत वा टाउकोमा दुखाई सुरु हुन्छ । यदि यस्तो समस्या भयो भने तुरुन्त डाक्टरसँग सेवा लिन आवश्यक हुन्छ । 

काँधमा वा कम्मरमा लगातार दुखाई भयो भने पनि सावधान हुन आवश्यक छ । 

साथै, बारम्बार बान्ता र पेटमा दुखाई भयो भने हृदयघात हुनुभन्दा पहिले देखिने लक्षण हुनसक्छ । यस्ता समस्यालाई नजरअन्दाज गर्नुहुँदैन । 

पटक–पटक मुटुको धड्कन तेजसँग धड्किने, एक्कासी धड्कन ढिलो चल्यो भने मुटु कमजोर भएको संकेत हो । साथै, चिढचिढाहट तेजसँग बढ्यो भने पनि मुटुको समस्या हुनसक्छ । 

त्यसैले यस्ता समस्या देखियो भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप