शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनविरुद्ध बोल्नु अष्ट्रेलियालाई पर्यो महँगो

आइतबार, २८ वैशाख २०७७, १४ : ३९
आइतबार, २८ वैशाख २०७७

कोरोनाभाइरसको महामारीको असर संसारभरीको देशको आपसी सम्बन्धमा पनि परेको छ । चीन र अष्ट्रेलियाको द्वीपक्षीय सम्बन्धमा पनि मानौं संक्रमित भएको छ । दुई देशबीच कूटनीतिक खिँचातानी चलिरहेको छ ।

अष्ट्रेलियाले सुरुमा कोरोनाभाइरस चिनियाँ शहर ऊहानमा पैदा भएको विषयमा अनुसन्धानको माग जोडतोडका साथ गरेको थियो । चीनले यसमाथि लगातार आपत्ति जताइरहेको छ । अब चीनले पनि आफ्नो व्यवहार देखाउन सुरु गरेको छ । अष्ट्रेलियाका अनुसार चीनले जौको आयातमा भारी शुल्क लगाउने बारे विचार गरिरहेको छ ।

अष्ट्रेलियाका अर्थमन्त्री सिमोन बर्मिङ्गमले आइतबार भने, ‘अष्ट्रेलियाबाट जौ आयातमा चीनले भारी र अनुचित शुल्क लगाउने रिपोर्ट सरकारका लागि चिन्ताको विषय हो ।’

अष्ट्रेलिया चीनमा जौको सबैभन्दा ठूलो अपूर्तिकर्ता हो । एक वर्षमा अष्ट्रेलियाले चीनलाई १.५ देखि २ अर्ब अष्ट्रेलियाली डलरको जौ निर्यात गर्छ । चीनले अष्ट्रेलियाको आधाभन्दा बढी जौ खरिद गर्दछ ।

अष्ट्रेलियाका लागि चिनियाँ राजदूतले गत महिना चिनियाँ उपभोक्ताले अष्ट्रेलियाली बिफ, वाइन, पर्यटन र युनिभर्सिटीलाई बहिष्कार गर्न सक्ने बताएका थिए । चीन कोरोनाभाइरसको विषयमा अष्ट्रेलियाको तर्फबाट दिइरहेको बयानका कारण रुष्ट छ ।

बर्मिङ्गमले भने, ‘मैले अष्ट्रेलिया ग्रेन इन्डष्ट्रिका साथै चीनको तर्फबाट भारी शुल्क लगाउने आशंकाको विषयमा काम गरेको छ । ’

अष्ट्रेलियाली अन्न उत्पादकलाई चीनले आफूहरुले ७३.६ प्रतिशतसम्मको डिपिङ मार्जिन र ६.९ प्रतिशतसम्मको सब्सिडी मार्जिन लगाउनेबारे विचार गरिरहेको बारे जानकारी दिइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप