शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा जाम ?

आइतबार, २८ वैशाख २०७७, १८ : १४
आइतबार, २८ वैशाख २०७७

कृष्ण खड्का/सुवास श्रेष्ठ 

काठमाडौँ । सरकारको पछिल्लो निर्णय अनुुसार देशभर लागू गरिएको लकडाउनलाई केही खुकुलो पारिएको छ । सिमित उद्योग र संघसंस्थालाई सञ्चालनको अनुमति दिइएको छ । यसको असर काठमाडौँको ट्राफिकमा देखिएको छ । यसअघिसम्म सुनसान देखिने काठमाडौँका सडक अहिले सवारीसाधानले भरिभराउ देखिन थालिएको छ ।

सवारीसाधानको चाप बढेपछि आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी सेवा, बैंक तथा वित्तिय क्षेत्र, निर्माण क्षेत्र अत्यावश्यक सामान बोक्ने सवारीहरु व्यवस्थापनका लागि ‘टाइमकार्ड’ प्रणाली लागू भएको जानकारी दिए । ढकालकाअनुसार सरकारी कार्यालयका सवारी विहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू भएको छ ।

यस्तै बैंक तथा वित्तिय क्षेत्रका व्यक्तिहरुले दिउँसो ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने र अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीहरुले बिहान १० बजेभित्र गरिसक्नुपर्ने नियम लागू भएको उनले बताए । निर्माण क्षेत्रका सवारीहरुलाई राती ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए ।  प्रमुख ढकालले पासबाहक सवारी चालकलाई पासको दुरुपयोग नगर्न आग्रह गरेका छन् । पासको दुरुपयोग भएको पाइएमा पास थुत्ने र गाडी होल्न गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप