बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनको आकर्षण केन्द्र : तिलिचो ताल

सोमबार, १९ भदौ २०७४, ०८ : ३६
सोमबार, १९ भदौ २०७४

मनाङ -  मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । 

तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ । तिलिचोबाट फार्स पिकहुँदै मुस्ताङ जाने रुट भए पनि हाल चालु भने छैन । यस रुटलाई सञ्चालन गरेमा अझ सहज हुन्छ । 

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ । यस तालमा पुग्न खासारबाट तारे गुम्बा, श्रीखर्कहँुदै लगभग आठ घण्टाको पैदलयात्रा पछि तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ । यहाँ रहेको होटलमा खान बस्नको सुविधा राम्रो भएकाले पर्यटक यहाँ खाने बस्ने गर्दछन् । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालो पछि तिलिचो ताल पुग्न सकिन्छ । 

श्रीखर्कबाट बेसक्यामसम्मको घोडेटो बाटोमा आवतजावत गर्न कठिनाइ भएपछि पर्यटन व्यवसायी तथा स्थानीयले मर्मत गरी केही सहज बनाएका छन् । बेँसीशहरदेखि खासरसम्म जिपमा जान सकिन्छ । खासर बाटो घडेटो बाटो भएकाले घोडा वा पैदलयात्रा गर्नुपर्ने हुन्छ । 

तिलिचो ताल धार्मिक रुपले पनि निकै महत्व मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप