बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गम्भीर कुटनीतिक पहल र कानुनी उपचारमा लाग्नु वेश होला: बाबुराम भट्टराई

आइतबार, २८ वैशाख २०७७, २३ : ५१
आइतबार, २८ वैशाख २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कालापानी र लिपुलेकको विषयमा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर कुटनीतिक पहल लिन आग्रह गरेका छन् । आइतबार साँझ ट्वीट गर्दै नेता भट्टराईले वक्तव्यवाजीको सट्टा गम्भीर कुटनीतिक पहल र कानुनी उपचारको तयारीमा लाग्न आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य रहेको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘लिपुलेकबारे सबै राजनीतिक दल र जनस्तरबाट स्वतस्फूर्त रुपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ, लिपुलेकवारे सबै राजनीतिक दल र जनस्तरबाट स्वस्फूर्त रूपमा पोखिएको देशभक्तिको भावना स्तुत्य छ।यसलाई प्रम@kpsharmaoli  ले आफ्नो गैरजिम्मेवारीपन,अन्तर्राष्ट्रिय अविश्वसनीयताको अनुमोदन ठान्ने गल्ती गर्नुभएन! बक्तव्यवाजी सट्टा गम्भीर कुटनीतिक पहल,क़ानूनी उपचारको तयारीमा लाग्नु वेश होला !’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप