शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुलो लकडाउनमा व्यस्त देखिन थाले काठमाडौंका सडक (फोटोफिचर)

सोमबार, २९ वैशाख २०७७, १७ : ५९
सोमबार, २९ वैशाख २०७७

काठमाडौं । सरकारले पछिल्लो समय लकडाउनलाई निरन्तरता दिने निर्णय गरेपनि केही खुकुलो बनाउने नीति अख्तियार गर्यो । 

विभिन्न ४४ थरीका उद्योग सञ्चालन हुन दिने र विकास निर्माणका आयोजना पनि सुचारु गर्ने निर्णय भएसँगै राजधानीमा सवारीसाधन पनि बाक्लो रुपमा सञ्चालन हुन थालेका छन् । यस्तै सीमित संघसंस्थालाई पनि सञ्चालनमा छुट दिइएको छ । 

राजधानीमा सवारीसाधानको चाप बढेपछि आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ समेत लागू गरिएको छ ।

तैपनि राजधानीका विभिन्न स्थानमा ट्राफिक जाम समेत देख्न सकिन्छ । 

सोमबार राजधानीको जडिबुटी क्षेत्रमा देखिएको सवारीको चापका तस्बिरलाई रातोपाटीकर्मी कृष्ण खड्काले आफ्नो क्यामेरामा कैद गरेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप