शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कडाइमा खुकुलाे पारिँदा अमेरिकामा मर्नेहरुको संख्या झनै बढ्ने

अगस्तको पहिलो हप्तासम्ममा अमेरिकामा १ लाख ३७ हजार मानिस मर्न सक्ने
सोमबार, २९ वैशाख २०७७, २३ : १२
सोमबार, २९ वैशाख २०७७

लकडाउन खुल्दै तथा मानिसहरुको चहलपहल बढ्दै गएपछि अमेरिकामा मर्नेहरुको संख्या पहिले अनुमान गरिएभन्दा पनि बढी हुने आँकलन गरिएको छ ।

युनिभर्सिटी अफ वासिंगटनको इन्स्टिच्यूट फर हेल्ट मेट्रिक्स एण्ड इभ्यालुएसनले आगामी अगस्तको पहिलो हप्तासम्ममा अमेरिकामा १ लाख ३७ हजार मानिस मर्न सक्ने आँकलन गरेको छ । सोही संस्थाले यसअघि मोडलिंगमा आधारित एक अनुसन्धानका आधारमा त्यसअवधिमा मर्नेहरुको सख्ंया १ लाख ३४ हजारसम्म हुन सक्ने आँकलन गरिएको थियो ।

इन्स्टिच्यूटका डाइरेक्टर डा. क्रिस्टोफर मुर्रेका अनुसार त्यसरी सम्भाव्य मृतकहरुको संख्या बृद्धि हुनुको कारण अमेरिकाका थुप्रै राज्यहरुमा गरिएको कडाइ खुकुलो बनाउँदै गएपछि हिँड्डुल, अवातजावतमा बृद्धि हुनु नै हो ।

‘परीक्षणमा बृद्धि, संक्रमितसँगको सम्पर्कको पहिचान, परीक्षणमा पोजेटिभ देखिएकाहरुलाई अरुसँग अलग्याउने प्रक्रिया र सार्वजनिक स्थानहरुमा मास्कको व्यापक प्रयोगमा बढोत्तरी नगरेसम्म नयाँ संक्रमण बढ्ने सम्भावना बढी नै छ,’ इन्स्टिच्यूटले जारी गरेको प्रेस नोटमा मुर्रेले भनेका छन् ।

गएको अप्रिल महिनाको अन्त्यतिरदेखि नै अमेरिकाका दक्षिण क्यालिफोर्निया र जर्जियाले राज्यलाई खुल्ने प्रक्रियाको थालनी गरेका थिए र यो हप्तादेखि न करिब करिब अमेरिकाका सबै राज्यहरुले कोरोनाविरुद्धको कडाइलाई खुकुलो बनाउँदै लगेका छन् ।

त्यसो त स्वास्थ्यविद्हरुसँगको सल्लाहमा नै त्यस्तो खुकुलो बनाउँदै लगिएको भनिएको छ । तर जनस्वास्थ्यविद्हरुले त्यसरी बिना तयारी र हतारोमा कडाइलाई खुकुलो बनाउँदै लैजाँदा हजारौंको ज्यान जान सक्ने कडा चेतावनी पनि दिँदै आएका छन्  ।

त्यसो त अमेरिकी जनताहरु पनि कोरोनाविरुद्ध राज्यले गरेको कडाइका बारेमा विभाजित देखिएका छन् । एउटा जनमत सर्वेक्षणमा दुई तिहाई जनताले आफ्नो राज्यले चाँडै कडाइ खुकुलो बनाएकोबारेमा चिन्ता चासो जाहेर गरेका छन् । तर अर्कोतिर पछिल्ला हप्ताहरुम मुलुकका विभिन्न ठाउँहरुमा हज्जारौं अमेरिकी जनताहरुले आफूहरुको काममा फर्कन पाउने अधिकार हो भन्दै सरकारले लगाएको कडाइ र प्रतिबन्धका विरुद्ध उग्र प्रर्दशन पनि गरेका छन् ।

त्यसो त कडाइ खुकुलो बनाउनेबित्तिकै संक्रमणको संख्यामा ह्वात्तै बृद्धि भइहाल्ने भन्ने पनि होइन । त्यसको प्रतिकूल असर अर्थात् संक्रमणमा बृद्धि केही हप्ताको समयपछि देखिने विज्ञहरुको चेतावनी छ ।

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा १३ लाख २९ हजार ७०० जना संक्रमित भइसकेका छन्, जसमध्ये ७९ हजार ५२८ जनाको सोही कारण मृत्यु समेत भइसकेको छ । कोरोनाको कारणसबैभन्दा बढी मृत्यु नै अमेरिकामा भएको छ ।

सीएनएनबाट । Title Photo : https://cdn.cnn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप