शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारी : भ्रमण वर्ष २०२० लाई लक्षित लगानी उच्च जोखिममा

संकटमा पर्यटन क्षेत्रको १५० अर्ब, खराब कर्जाको दर बढ्ने संकेत
मङ्गलबार, ३० वैशाख २०७७, ०७ : ५७
मङ्गलबार, ३० वैशाख २०७७

काठमाडौं । मुलुकको अर्थतन्त्रको प्राथमिक आधार क्षेत्र मध्यको एक पर्यटन हो । यो क्षेत्रको राष्ट्रिय उत्पादन कुल ग्राहस्त उत्पादन (जीडीपी) मा झण्डै ७ प्रतिशतको योगदान रहेको छ । पर्यटन रोजगारीको प्रमुख क्षेत्र पनि हो । झण्डै ५ लाख नेपालीहरु प्रत्यक्ष–परोक्ष रुपमा पर्यटन व्यवसायमा आवद्ध छन् । अहिले यहि क्षेत्र विश्व महामारीको रुपमा फैलिरहेको कोरोना अर्थात् कोभिड–१९ को उच्च चपेटामा परेको छ । पर्यटनले अहिलेसम्म भोग्नु नपरेको ठूलो क्षेत्री व्यहोर्नु परिरहेको छ ।

प्रारम्भिक तथ्याङ्गलाई हेर्ने हो भने नेपालको समग्र पर्यटन उद्योग(क्षेत्र) मा करिब १ खर्ब ५० अर्ब बराबरको लगानी देखिन्छ । यो तथ्याङ्ग नेपाल राष्ट्र बैङ्कको हो । तर यता पर्यटन बोर्डले विभिन्न खोज तथा अनुसन्धानबाट तयार गरेको रिपोर्टले भने झण्डै १ खर्ब ७० अर्ब बराबरको लगानी देखाएको छ । यो लगानी पर्यटन र पर्यटनसँग जोडिएका पर्वातारोहण, क्लाइम्बिङ्ग, ¥याफ्टिङ्ग, होटल, रेष्टुरेन्ट, एभियसन(हवाई) लगायत विविध पर्यटन व्यापार व्यवसायहरुमा गरिएको लगानी हो ।

त्यतिमात्र होइन यहि पर्यटन क्षेत्रमा बैङ्किङ्ग क्षेत्रको मात्र करिब ५४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी रहेको अनुसन्धानले देखाएको छ ।

पर्यटन बोर्डले तयार गरेको रिपोर्टमा गत फागुन मसान्तसम्म पर्यटन क्षेत्रमा कुल ५३ अर्ब ७६ करोड ८९ लाख २२ हजार ६ सय(रु.५३,७६,८९,२२,६००) रुपैयाँ बैङ्किङ्ग कर्जा रहेको र सो बापत् मासिक ८० करोड माथि ब्याज उठ्ने गरेको बोर्डले जनाएको छ । यहि बाहेक अन्य व्यवसायीक खर्चहरु सवारी भाडा/खर्च, व्यवसायीक भाडा, कर्मचारीको तलब/भत्ता लगाएतको खर्चमा मासिक एक अर्ब माथिको खर्च हुने गरेको रिपोर्टमा उल्लेख छ ।

भिजिट नेपाल २०२० ले बढाएको लगानी र जोखिम

कोरोना महामारीले डुबेको पर्यटन क्षेत्रको लगानी र जोखिमता बढाउन भ्रमण वर्ष २०२० ले थप भूमिका खेलेको देखिन्छ । भ्रमण वर्ष २०२० लाई नै लक्षित गर्दै व्यवसायीहरुले अन्धाधुन्द लगानी बढाउँदा थप जोखिम बढेको देखिन्छ । यसमा बैङ्कहरुको लगानी र प्रतिफल पनि अनपेक्षित देखिन्छ ।

जब सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा ग-यो तब पर्यटन व्यवसायीहरु उत्साहित भए । कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ जब सरकारले पर्यटनका कार्यक्रमहरु अघि सार्न थाल्यो तब व्यवसायीहरुले पनि आफ्नो व्यवसायमा सक्दो लगानी बढाएर भ्रमण वर्षको तयारीमा लाग्न थालेका थिए । अन्य व्यवसायीहरुले समेत यो क्षेत्रमा हात हाले ।

पछिल्लो २ वर्षको अन्तरालमा नै मुलुकभित्र दर्जनौँ तारे होटल र थुपै्र सामान्य होटल, रेष्टुरेन्ट तथा होमस्टेहरु खुलेको देखिन्छ । त्यस्तै पर्यटन व्यवसायका अन्य क्षेत्रहरु क्लाम्बिङ्ग ¥याफ्टिङ्ग, जिपलाइन लगायतका क्षेत्रहरुमा समेत लगानी बढाइएको छ । त्यति मात्र नभएर यातायात तथा हवाई सेवामा समेत भ्रमण वर्षलाई नै लिएर लगानी बढाइएको छ । भ्रमण वर्षमा जति सक्दो व्यापार बढाउने उद्देश्यले व्यवसायीहरुले धेरै लगानी पर्यटनमा खन्याएका थिए । यसमा बैङ्कहरुले पनि राम्रै साथ दिए ।

तर अहिले समय अपेक्षा गरेभन्दा ठिक उल्टो भइदियो । भ्रमण वर्षको शुरु हुँदा नहुँदै विश्वमा कोरोना महामारी फैलिएसँगै व्यवसायीको आशा त्यसै तुहिएको छ । विश्व कोरोना माहामारीका कारण न त व्यवसायीहरुले कमाउन पाए न त बैङ्कहरुले आफ्नो लगानीको प्रतिफल नै सुनिश्चित गर्न पाएका छन् । यस्तो अवस्थामा व्यवसायीहरुको मात्र होइन बैङ्कहरुको लगानी समेत उच्च जोखिममा परेको छ ।


यता नेपाल राष्ट्र बैङ्कले भने व्यवसायीहरुले कर्जा तिर्न नसकेर बैङ्कको लगानी खराब कर्जामा नै जाने सम्भावना भने नभएको बताउँछ । बरु त्यो कोरोनाको प्रभाव कति समय टाढासम्म जान्छ भन्नेमा निर्भर हुने राष्ट्र बैङ्कका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् । अहिलेको अवस्थामा बैङ्कहरुको लगानी कोरोनाकै कारण खराब कर्जामा जाने र उठाउन गाह्रो हुनेमा सम्भावना नभएको प्रवक्ता भट्टको भनाई छ ।


बैङ्किङ्ग खराब कर्जाको दर बढ्ने संकेत

कोरोनाका कारण अस्तव्यस्त पर्यटन क्षेत्रका कारण बैङ्किङ्ग कर्जा लगानीमा समेत प्रतिकुल असर पार्ने देखिन्छ । यसले बैङ्कहरुको लगानीमा खराब कर्जा (ब्याड लोन) को दरसमेत बढ्न सक्ने संकेत गरेको छ । त्यसो त पर्यटनमा मात्र होइन अन्य व्यवसायीक क्षेत्रहरुमा समेत प्रवाह भएको बैङ्किङ्ग कर्जा कोरोनाकै कारण उच्च जोखिममा रहेको देखिन्छ । कोरोनाका कारण नोक्सानमा गएका निजी व्यापार, व्यवसायका क्षेत्रहरुले भोलि बैङ्कको कर्जाको किस्ता र ब्याज समेत चलाउन नसक्ने अबस्था आए त्यस्तो लगानी खराब कर्जामा जाने त होइन भन्ने खतरा बढाएको छ ।

तर, यता नेपाल राष्ट्र बैङ्कले भने व्यवसायीहरुले कर्जा तिर्न नसकेर बैङ्कको लगानी खराब कर्जामा नै जाने सम्भावना भने नभएको बताउँछ । बरु त्यो कोरोनाको प्रभाव कति समय टाढासम्म जान्छ भन्नेमा निर्भर हुने राष्ट्र बैङ्कका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् । अहिलेको अवस्थामा बैङ्कहरुको लगानी कोरोनाकै कारण खराब कर्जामा जाने र उठाउन गाह्रो हुनेमा सम्भावना नभएको प्रवक्ता भट्टको भनाई छ ।

‘कोरोनाका कारण सिर्जित विषम परिस्थितिका कारण होटल, पर्यटन तथा एभियसन मात्र होइन अन्य व्यवसायीक क्षेत्रहरुको लगानी समेत उच्च जोखिममा छ । यस्ता क्षेत्रहरुमा बैङ्कहरुले गरेका लगानी तत्काल उठ्ने र पाउने संभावना छैन । तर यसो भन्दैमा गरेको लगानी डुब्ने वा खराब कर्जामा जाने संभावना भने हुँदै । बरु व्यवसायीहरुलाई कसरी सहजता गर्न सकिन्छ, प्याकेज दिन सकिन्छ त्यता तर्फ सोच्ने हो । अहिले हामीले यता तर्फ ध्यान दिइरहेका छौं ।’ प्रवक्ता भट्टले भने, ‘केहि समय अघि हामीले ल्याएको २ प्रतिशतको व्याजदर छुट र कर्जाको सावाँ ब्याज भूक्तानीको समयावधी थपको यसैको निरन्तरता हो ।’

‘अझ यसमा के गर्न सकिन्छ । अहिले हामी गृहकार्य गर्दै छौँ । अहिलेको अवस्थालाई हेरी सरकारले उचित नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ,’ प्रवक्ता भट्टले भने ।

हाल बैङ्किङ्ग क्षेत्रमा खराब कर्जाको दर ११.८ प्रतिशको हारहारीमा छ ।

खतराको घण्टी बजेको पर्यटन क्षेत्रमा कुन सेक्टरमा कति लगानी

प्रमुख प्रभावित क्षेत्र पर्यटनमा भएको कुल १ खर्ब ५० अर्ब बराबरको बैङ्किङ्ग लगानीमा सबैभन्दा बढि लगानी होटल क्षेत्रमा भएको देखिन्छ । पर्यटन बोर्डले पछिल्लो समय तयार पारेको रिपोर्टमा कुल लगानीको करिब १५ प्रतिशत अर्थात् २८ अर्ब ६८ करोड रुपौयाँ बैङ्कले होटल क्षेत्रमा मात्र गरेको देखिन्छ ।

त्यस्तै, २१ अर्ब २१ करोड एभियसन (हवाई) क्षेत्रमा, १ अर्ब १३ करोड ट्राभल एण्ड टुरमा, ८७ करोड रेष्टुरेन्टमा, २५ करोड ट्रेकिङ्ग तथा क्लाइम्बिङ्ग, ७ करोड ¥याफ्टिङ्ग र अन्य पर्यटनका क्षेत्रहरुमा २५ करोड रुपैयाँ माथि बैङ्किङ्ग लगानी रहेको देखाएको छ ।

यसको अलवा एक अर्ब २८ लाख रुपैयाँ लगानी मात्र पर्यटन क्षेत्रमा प्रयोग हुने सवारी साधनहरुमा लगानी रहेको बोर्डले जनाएको छ ।

अहिलेसम्म बोर्डले पाएको तथ्याङ्ग अनुसार तयार पारेको रिपोर्टमा यस्तो परिणाम देखिएको तर अझ कतिपय क्षेत्रले आफ्नो रिपोर्ट नदिएको र कति संकलन कै अवस्थामा रहेकाले यो दर अझ बढि हुन सक्ने बोर्डका कार्यकारी निर्देशक(सिईओ) डा. धनन्जय रेग्मीले बताए ।

रेग्मीका अनुसार पर्यटन क्षेत्रको प्रारंभिक लगानी र जोखिमलाई लिएर बोर्डले पोर्टोकल तयारी गरी मन्त्रालयलाई बुझाएको र अहिले मन्त्रालयले सोही पोर्टोकल अनुसार पर्यटन क्षेत्रको उत्थानका लागि कार्यक्रमहरु बनाइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप