बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भोकै बस्ने, कामै नपाउने अवस्था गाउँपालिकामा छैन

मङ्गलबार, ३० वैशाख २०७७, १२ : २४
मङ्गलबार, ३० वैशाख २०७७

कास्की जिल्लाको उत्तर पूर्वी भागमा पर्ने गाउँ हो मादी गाउँपालिका । अन्नपूर्ण हिमालको मुन्तिर रहेको मादीमा विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको असर उति साह्रो परेको छैन । 
कृषिमा निर्भर गाउँ मादी अहिले खेतिपातीमा व्यस्त छ । कोरोना संक्रमणको सम्भावित जोखिमलाई रोक्न भने गाउँपालिकाले गाउँ प्रवेश गर्ने नाका कडा पारेको छ । 

कोरोना भाइरसले दिएको चोटबाट माथि उठ्ने योजना पनि गाउँपालिकाले बनाई रहेको छ । कृषि पेशामा निर्भर भएकाले पनि आगामी वर्षको बजेटमा मादी गाउँपालिकाले बजेटमा कृषिलाई नै जोड दिने योजना बनाइरहेको छ । 
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङका अनुसार मादीमा यतिबेला खेतीपातिको काम भई रहेको छ । सहरसँग सीमा जोडिए पनि आफ्नो गाउँपालिकामा कोरोना भाइरसको असर त्यति नपरेको उनी बताउँछन् । ‘सहरदेखि टाढा भएर पनि होला हामीलाई लकडाउनको त्यति असर परेको छैन,’ उनले भने । 

कोरोना भाइरसको कारण जारी गरिएको लकडाउनको कारण कोही पनि भोको बस्न नपरोस् भनेर गाउँपालिकाले आफ्ना नागरिकहरुका लागि राहतका प्याकेज पनि ल्याएको थियो । दैनिक ज्यालादारि गरेर खाने २१ सय परिवारलाई राहत वितरण गरिएको उनले सुनाए । ‘गाउँपालिकाका बाह्रै वडाबासीलाई समेटेर राहत वितरण गरेका थियौं,’ उनले भने । 

तत्काललाई राहत वितरणको काम स्थगित गरिए पनि गाउँपालिकाबासिलाई राहत उपलब्ध गराउने उनले सुनाए । यो समय खेतीपाति लगाउने सिजन पनि भएको हुँदा गाउँपालिकाले उन्नतजातका बिउँबिजन उपलब्ध गराउने योजना बनाएको उनले सुनाए । ‘खेतिपाती लगाउने सिजन पनि भएको हुनाले गाउँपालिकाले वडा वडाबाट उन्नत जातका बिउ बिजन उपलब्ध गराउने योजना बनाई रहेको छ,’ उनले भने । 
गाउँपालिकाले दिर्घ स्वास्थ रोगीको उपचारका लागि घरमै स्वास्थकर्मी लगेर उपचार पनि गराई रहेको छ । बिरामीको घरमै पुगेर चेकजाँचदेखि औषधिको समेत निशुल्क व्यवस्था गरि रहेको उनले सुनाए । 

आपतकालिन स्वास्थ उपचारको लागि गाउँपालिकाले २ वटा एम्बुलेन्स स्ट्यान्ड बाई राखेको  लगेर उपचार पनि गराई रहेको छ । बिरामीको घरमै पुगेर चेकजाँचदेखि औषधिको समेत निशुल्क व्यवस्था गरि रहेको उनले सुनाए । आपतकालिन स्वास्थ उपचारको लागि गाउँपालिकाले २ वटा एम्बुलेन्स स्ट्यान्डबाई राखेको छ । 

अरु कुरामा लकडाउनको असर नपरे पनि अनुदान दिएर कुखुरापालन व्यवसाय गरि रहेका कृषकहरु भने मारमा परेको उनले बताए । ‘उहाँहरुको न कुखुरा बिक्छ, न दानाहरु टाइममा आउछ,’ उनले भने । यद्यपि, लकडाउनबाट पर्ने अरु असरको सामना गर्न गाउँपालिका तम्तयार रहेको उनले सुनाए । 

सुरक्षाकर्मीक लागि आवश्यक सुरक्षा सामग्री र अन्य अत्यावश्यक बस्तुहरु खरिद गरेर स्टक राख्न गाउँपालिका लागि परेको उनले बताए । ‘भोलि आई पर्ने संकट सामना गर्नको लागि आवश्यक सामग्री जोहो गर्न हामी लागि रहेका छौं,’ उनले भने, ‘तर, अहिले तत्कालको लागि चाही ठूलो संकट आई परेको जनताहरु भोकै बस्नु परेको छैन । कामै नपाएको स्थिति गाउँपालिकामा छैन ।’ राहत आवश्यक पर्ने परिवारको हकमा नियमित सम्पर्कमा बसेर राहत चाहिएमा उपलब्ध गराउँदै आएको उनले सुनाए । 

गाउँपालिकाका स्वास्थकर्मीलाई भने चौबिसै घण्टा अलर्टमा राखिएको उनले जानकारी दिए । स्वास्थकर्मीलाई खानाको व्यवस्थासहित अतिरिक्त ५ सय रुपैयाँ भत्तामा दिदै आएको उनले सुनाए । उपचारमा खटिएका करारका कर्मचारीलाई नेपाल सरकारले बिमा उपलब्ध नगराए पनि गाउँपालिकाले १० लाख बराबरको बिमा उपलब्ध गराउने उनले बताए । 
१ सय ९५ घरपरिवारलाई ५÷५ हजार ! 
गाउँपालिकाको १० र ११ नम्बर वडाका १ सय ९५ परिवारलाई पूर्व ब्रिटिस आर्मीले ५÷५ हजारका दरले बाडेका थिए । पूर्व ब्रिटिश आर्मीको तुलसि गुरुङले स्वेच्छाले १ सय ९५ परिवारलाई १० लाख रुपैयाँ बाडेका थिए ।
गाउँपालिकाको एकद्वार राहत वितरण प्रणालीलाई अस्विकार गरि उनले राहत बाडेको उनले सुनाए ।  गाउँपालिकाको विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने भनेपनि अटेर गरेर आफैले राहत बाड्ने ढिपी कसे पछि उनलाई बाड्न दिइएको उनले सुनाए । गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष नामको खाता खोलेर इच्छुक .दातालाई त्यसमा जम्मा गर्न लगाए पनि उनले अटेर गरेर आफैले बाँडेको उनले सुनाए । यद्यपि, त्यसको डाटा भने गाउँपालिकाले राख्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप