भारतीय दूतावासअघि नारा : लिपुलेक हाम्रो हो, सीमा मिच्नु अपराध हो ! (फोटोफिचर)
मङ्गलबार, ३० वैशाख २०७७, १२ : ३३
१
काठमाडौँ । नेपाली भूमि लिपुलेकमा अतिक्रमण गर्दै भारतले एकलौटीरुपमा सडक निर्माण गरेपछि त्यसको विरोधमा नेपालमा विरोध प्रदर्शन जारी रहेको छ । विरोधका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दहन गरिएको छ ।
मंगलबार विरोधको शृङ्खलालाई जारी राख्दै मानवअधिकार तथा शान्ति समाज नेपालले काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले लिपुलेक र कालापानी नेपालको भूमि भएको बताउँदै भारतले सीमा मिचेकोमा विरोध गरेका थिए । प्रहरीले मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत एक दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी