केन्द्रीय संस्करण
समाचार

अपडेट : प्रदेश ५ कोरोनाको ‘हट स्पट’ बन्दै : संक्रमितको संख्या दैनिक थपिँदै

संक्रमितको संख्या ७० पुग्यो

person explore access_timeबैशाख ३०, २०७७ chat_bubble_outline0

बुटवल । प्रदेश नम्बर ५ मा कोरोनाभाइरस संक्रमितको संख्या दैनिक रुपमा बृद्धि हुँदै गएको छ ।

प्रदेश ५ मा मंगलबार थप १७ जना कोरोना संक्रमित परेपछि कोरोनाको ‘हट स्पट’ बनेको छ  । आज रुपन्देहका ९ जना र कपिलबस्तुमा ८ जना संक्रमित फेला परेका हुन् । यसअघि सोमबार पनि कपिलबस्तु,  रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए ।

 योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेकाे छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।

 प्रदेश ५ मा आज भेटिएका १७ जना कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ  । आज कपिलवस्तुका एक महिला सहित ८ जना नै कलिपलबस्तु नगरपालिकाका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

रुपन्देहीमा भेटिएका ९ जना लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकाका रहेको निर्देशनालयले जनाएको छ ।उनीहरु पनि भारतबाटै लुकेर आइ क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको स्वाब अस्ती काठमाडौं लगिएको थियो ।

प्रदेशमा आज थपिएका १७ सहित संक्रमितको संख्या ७० पुगेको हो । तीमध्ये ४७ जना लुकिछिपी नेपाल प्रवेश गरेका हुन् ।

प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।

उनीहरु भारतीय सीमाबाट लकडाउनकै बीच सुरक्षाकर्मीलाई छल्दै नेपाल प्रवेश गरेका थिए। 

कोरोना संक्रमण बृद्धि भएपछि बाँकेको नेपालगञ्ज सिल गरिएको छ भने कपिलबस्तुमा हिजो साझँदेखि जेठ ५ बजेसम्म जिल्ला सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले बताए । बाँके र बर्दियाका संक्रमितको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

 कपिलबस्तु र रुपन्देहीका संक्रमितहरु बुटवलको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

आज थपिएकालाई पनि साँझसम्म बुटवल ल्याउने तयारी भएको प्रवक्ता  चौधरीले बताए  प्रदेश ५ का १२ वटा जिल्ला मध्ये तराईका ६ जिल्लाहरु जोखिम मानिन्छ । जसमा ४ वटा जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.