शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पतालले ओपीडी खुल्ला गरेर सुचारु गर्यो सबै उपचार सेवा

मङ्गलबार, ३० वैशाख २०७७, १७ : १४
मङ्गलबार, ३० वैशाख २०७७

बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लकडाउनकैबीच ओपीडी सेवा सुचारु गरेपछि बिरामीहरुलाई उपचारमा सहज भएको छ । ओपीडी खुल्ला भएसँगै अहिले पूर्वी नेपालका बिरामीहरुलाई उपचारमा सहजता मिलेको हो ।

       कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको थियो । जसका कारण बिरामीहरुले उपचारमा समस्या बेहोर्दै आएका थिए । नोबेल अस्पतालमा पनि ओपीडी बन्द हुँदा इमर्जेन्सीबाट उपचार गरिदै आएको थियो । तर, अहिले पुनः ओपीडी सुचारु गरेर सबै किसिमको उपचार सेवा प्रदान गर्न थालिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

       ओपीडी खुल्ला भएसँगै बिरामीको संख्या बृद्धि हुँन थालेको छ । कोरोना संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै नोबेल अस्पतालले सावधानीका उपाय पनि अपनाएको छ । अस्पतालमा आउने बिरामीको नाम दर्ता गर्नु अघि ज्वरो जाँच गर्ने व्यवस्था मिलाईएको छ । पीपीई लगाएर मुल गेटमा बस्ने स्वास्थ्यकर्मीले ज्वरो जाँच गरी अवस्था मुल्यांकन गरेर मात्र बिरामीलाई भित्र प्रवेश गर्न दिने गर्छन् । कुनै बिरामीमा उच्च ज्वरो, ट्राभल हिस्टी लगायत कारणले कोरोनाको संका लागेमा उसलाई बेग्लै ठाउँमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको छ ।

उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई पनि पीपीईको व्यवस्था मिलाएर कोरोना संक्रमण फैलनसक्ने अवस्थाप्रति सावधानी अपनाईएको अस्पताल सञ्चालक डा.शर्माले बताए । अस्पताल भित्र पस्दा सेनिटाईजर अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियम पनि बसालिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप