शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'अलपत्र नागरिकलाई स्वदेश फर्काउ,खाद्यान्न हामी उपलब्ध गराउँछौं'

मङ्गलबार, ३० वैशाख २०७७, १९ : २०
मङ्गलबार, ३० वैशाख २०७७

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष तथा नेपाली क्युआरएफ दुबईका संयोजक पासाङ शेर्पाले युएई लगायत खाडी मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन सरकारसँग माग गरेका छन्। रातोपाटीसँग कुराकानी गर्दै शेर्पाले युएई लगायत खाडी मुलुकमा रहेका पीडित नेपालीहरुलाई तत्काल नेपाल फर्काउन माग गरेका हुन्। 

उनले नेपालमा बन्द अवस्थामा रहेका स्कुल, कलेज र होटलहरुलाई आवश्यकता अनुसार क्वारेन्टिन क्षेत्रको रुपमा परिणत गरेर पीडितहरुको व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरे।  उनले सरकारलाई आफ्ना नागरिकहरुलाई नेपाल फर्काउने वातावरण मिलाउन आग्रह गर्दै बरु पीडितहरु आफैले  दैनिक उपभोग्य सामाग्री (सिरानी,कम्बल र म्याट्रेस) विदेशबाटै ल्याउने र आवश्यक परे गैर आवासीय नेपाली संघ (एनआरएनए) ले क्वारेन्टाइन अवधीको लागि खाद्यान्न उपलब्ध गराउने समेत बताए ।

विदेशमा रहेका नेपालीहरुको अवस्था दिनानुदिन नाजुक बनिरहेको र सहयोगी संस्थाहरुले दिँदै आएको राहत पनि आर्थिक अभावका कारण वितरणमा समस्या देखिएको उनले बताए ।  करिब २ महिनादेखि तयारी गरेर पनि अहिलेसम्म नेपाल सरकारले उचित क्वारेन्टाइनको व्यवस्थापन गर्न नसकेकोमा जनता आक्रोशित भएको शेर्पाले बताए।

विदेशमा पनि एनआरएनएले खाद्यान वितरण गरिरहेको बताउँदै उनले युएई लगायत खाडी मुलुकमा रहेका सबै नेपालीहरु स्वदेश फर्कन नलागेको तर लामो समयदेखि बेतलवी बिदामा रहेका, करार अवधी सकिएका, गर्भवती, वृद्ध–वृद्धा,आममाफी पाएका र भिजिट भिषामा अलपत्र परेकाहरु फर्कित चोहेको बताए । उनीहरुमध्ये पनि कोरोना संक्रमित नभएका नेपालीहरुलाई तत्काल नेपाल फर्काउनुपर्ने अवस्था आइसको उनले दाबी गरे । अन्यथा उनीहरुका लागि अब खानाका अतिरिक्त बस्न समेत समस्या देखिँदै गएको उनले बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको क्युआरफु टिमले ३३ दिनसम्म  अलपत्र परेका २ हजार ५ सयभन्दा बढि नेपालीलाई झण्डै २० लाख रुपैयाँ बराबरको एक सय ३६  क्वीटल राहत खाद्यान्न सामाग्री वितरण गरेको बताएको छ भने युएईमा रहेका ७ हजार पाँच सयभन्दा धेरै नेपालीहरुले स्वदेश फर्किनका लागि एनआरएनएमार्फत आवेदन दिएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको तथ्याङ्कअनुसार युएईमा दुईसय भन्दा बढि नेपाली नागरिकहरु कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन्। जसमध्ये ७ जनाको ज्यान गइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप