टिपरले लियो साइकलयात्रीको ज्यान
बुधबार, ३१ वैशाख २०७७, ११ : ३७
टिपरको ठक्करबाट झापाको दमकमा आज बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
दमक–५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज बिहान ८.१५ बजेतिर को१ख ५५२४ नंको टिपरको ठक्करबाट दमक नगरपालिका–१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।
तीव्रगतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिँदा दर्जीको घटनास्थलमै मृत्यु भएको उनले बताए । दुर्घटनामा संलग्न टिपर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ वर्षीय केदारप्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?