बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीका पहिलो कोरोना संक्रमित भारतबाट अवैध बाटो हुँदै नेपाल आएका थिए

बुधबार, ३१ वैशाख २०७७, २१ : ०६
बुधबार, ३१ वैशाख २०७७

परासी । पश्चिम नवलपरासीका पहिलो कोरोना संक्रमित अवैध बाटो हुँदै नेपाल आएको खुलेको छ । संक्रमित व्यक्ति प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुरका ३६ वर्षीय पुरुष हुन् । 

संक्रमित व्यक्ति यही बैशाख २८ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनी सहजै नेपाल प्रवेश नपाएपछि अवैधबाटो हुँदै नेपाल प्रवेश गरेका हुन् । 

 तर उनलाई घर पुग्न नपाउँदै स्थानीयहरुले बैदौली पुलबाट नियन्त्रणमा लिइ गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाएका थिए । 

जिल्ला स्वास्थ्य कार्यालयले २९ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । जिल्लामा अहिलेसम्म अरुको रिपोर्ट नेगेटिभ आएको र उनमा मात्र कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयमा सन्त्रास बढेको छ । 

जिल्लाको प्रतापपुर गाउँपालिकाबाट उनीसहित ३० जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकल गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो  । 

हाल क्वारेन्टाइनमै रहेका उनलाई उनलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालको आईशोलेसनमा पठाउने तयारी भैरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप