केन्द्रीय संस्करण
फोटोफिचर

प्रकृतिमा रमाएका तोप चराहरु, तस्विरमा हेर्नुहोस्

person explore access_timeजेठ १, २०७७ chat_bubble_outline0

तोप चराले नलोभ्याउने कमै होलान् । विशेष गरेर यसको गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्ने गर्छ । तोप तरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिन्छ ।

बसाइसराइँ गर्ने यो चराले उपयुक्त ठाउँमा गुँड बनाउन अडिने गर्छ । तराईमा पाइने तोप चराहरू जेठ लागेपछि पुन उकालो लाग्छन् । यही समयमा काठमाडौँ उपत्यका वरपर यो चरा देखिने गर्छ ।

तोप चराको मुख्य आहार धान र गेडागुडी हो । त्यही भएर बालीनाली र पानी भएका पोखरीको छेउछाउमा यो बस्न रुचाउँछ । यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेँलो हुन्छ । पोथी फुस्रा हुन्छन् ।

काठमाडौं उपत्यका आएपछि यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो । हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन् । झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले गुँड बनाउन नसकेसम्म पोथीले हेरिरहन्छ । गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउनुपर्छ । पोथीलाई खुसी बनाउनका लागि पनि भालेले राम्रो र कलात्मक पाराको गुँड बनाउने गर्छन् ।

खराब मौसम र शत्रुबाट गुँडलाई बचाउन हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन् । हाँगामा तुर्लुङ्ग झुण्डिने र हल्लिरहने हुनाले सर्प पनि हत्तपत्त पस्न सक्दैन ।

जुन भालेका गुँड सुन्दर छन्, पोथीले तिनै भाले ओगट्छन् । सुन्दर गुँड बनाउन नसक्ने कतिपय भाले त पोथी पनि पाउँदैनन् ।

हेर्नुहोस् ललितपुरमा देखिएका तोप चराहरुः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.