बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१ सय केजी चरेससहित २ जना गजुरीबाट पक्राउ

बिहीबार, ०१ जेठ २०७७, ११ : ५६
बिहीबार, ०१ जेठ २०७७

धादिङ । गजुरी गाउँपालिका–५ दरिङ्गल खोलाको पुलबाट अवैध लागूऔषध चरेस करिब १ सय केजी सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बिरहखर्क बस्ने ३७ वर्षीय टेकबहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७ वर्षीय विशाल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ प ४९९९ र प्रदेश नं.३–०२–००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप