चोकचोकमा चेकजाँच, राजधानीमा थप कडाइ (तस्बिरमा हेनुहोस्)
काठमाडौं । कोरोना संक्रमितको सङ्ख्यामा एकाएक वृद्धि हुन थालेपछि काठमाडौं उपत्यकामा प्रहरीले बुधबारदेखि थप कडाइ गर्न थालेको छ । चोकचोकमा खटिएका सुरक्षाकर्मीले सवारीसाधन चेकजाँचमा कडाइ गरिरहेका छन् ।
गत शुक्रबारदेखि विभिन्न ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिएपछि उपत्यकामा यातायातका साधनको चाप बढेको थियो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन खुकुलो बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।
त्यसपछि गृह मन्त्रालयले सबै पास रद्द गर्ने निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिने गरी देशभर सर्कुलर जारी गरेको थियो ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि यसअघि जारी गरिएका सम्पूर्ण अन्तरजिल्ला पास खारेज गरेको थियो । प्रहरीको कडाइसँगै हिजाे अस्तीजस्ताे आज सडकमा भिडभाड देखिँदैन ।
सरकारले कोरोनाको संक्रमण न्यूनीकरणका लागि भन्दै आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन जारी गरेको छ।
लकडाउन जारी रहेपनि कोरोना संक्रमित फेला पर्ने क्रम रोकिएको छैन । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २४६ पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ