बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट संसदमा पेश हुने नीति तथा कार्यक्रम पास गर्न मन्त्रिपरिषद बैठक बस्दै

शुक्रबार, ०२ जेठ २०७७, ०८ : १८
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं – सरकारले शुक्रबार आगामी बर्षका लागि नीति ताथ कार्यक्रम ल्याउँदैछ । 

बुधबार चार बजे बस्ने संघीय संसदमा राष्टपति विद्यादेवी भण्डारीबाट सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । त्यसअघि मन्त्रिपरिषद बैठक बस्नेछ । साढे दुई बजे बस्ने मनित्रपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने मन्त्री योगेश भट्टराईले जानकारी दिए । 

सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण भौतिक दूरी कायम राखेर सञ्चालन भइरहेको संसद बैठकमा अधिकतम सुरक्षा विधि अपनाइएको संसद सचिवाले जनाएको छ । 

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सुरक्षात्मक विधि अपनाएर बैठक सञ्चालन गर्नेगरी तयारी भएको जानकारी दिए । 
राष्टपतिबाट नीति तथा कार्यक्रम पेश गरेपछि आजै बस्ने अर्को बैठकले धन्यवादको प्रस्ताव टेबल गर्ने तयारी छ । 

विश्वका धेरै मुलुकजस्तै नेपाल पनि कोरोेना माहामारी रहेकाले यसको जोखिम न्युनिकरणमा केन्द्रित नीति तथा कार्यक्रम आउने विश्वास गरिएको छ । 

नीति तथा कार्यक्रमका आधारमा आफ्नो वार्षिक बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

सरकारले कोरोना जोखिमसँगै कृषि, स्वास्थ्य, शिक्षा र  रोजगारीका कार्यक्रमलाई नीति कार्यक्रममार्फत अघि सार्ने बुझिएको छ । यसपटक नीति तथा कार्यक्रम संसदमा पेश हुनुअघि नै बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप