बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुर ठेगाना भएका संक्रमित पनि काठमाडौँ निवासी*

शुक्रबार, ०२ जेठ २०७७, ०८ : ४९
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं – मकवानपुर निवासी व्यक्तिमा संक्रमण भेटिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुर घर भएका ती व्यक्ति हाल काठमाडौँ निवासी भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मकवानपुर  निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । 

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार अन्य संक्रमितहरु बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । 

नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएसँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ । 

सह–प्रवक्ता अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । 

*यसअघि मकवानपुरमा संक्रमण भेटिएको भनिए पनि ती व्यक्ति काठमाडौँमा नै बसोबास गर्ने गरेको खुलेको छ । त्यसलाई क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप