सकारले औषधि व्यवस्था विभाग खारेज गर्ने
काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले औषधि व्यवस्था विभाग खारेज गरिने बताएकी हुन् ।
विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने उनले बताइन् ।
यस्तै आगामी आर्थिक वर्षमा सरकारले नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्त निरोधात्मक कार्यक्रम संचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक रक्तचाप र रगतमा ग्लुकोज भए–नभएकोबारे निःशुल्क जाँचको व्यवस्था गर्ने छ भने यो सेवालाई वडास्तरमा लागु गरिने उनले बताइन् ।
आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा तीन–तीन सय श्यैयाको अस्पताल र १ सय श्यैयाको अत्याधुनिक प्रयोगशाला निमार्ण गरिने उनले बताइन् । विद्यालय स्वास्थ्य कार्यक्रममा शारीरिक व्यायाम र योगअभ्यास अनिवार्य गराउने उनको भनाइ छ । एकीकृत एम्बुलेन्स सेवा संचालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै