केन्द्रीय संस्करण
कोरोनाभाइरस

समुदाय प्रतिरोध : कोरोनाभाइरसविरुद्धको लडाइँमा गर्ला त काम ?

अहिलेसम्म कोरोनाभाइरसका विभिन्न रुपहरुले कसरी असर गर्छ भनेर राम्ररी परीक्षण नै हुन पाएको छैन

person explore access_timeजेठ २, २०७७ chat_bubble_outline0

कोरोनाभाइरसको खोप पत्ता लागिसकेको छैन, औषधि बनिसकेको छैन । यो अवस्थामा यो विरुद्ध लड्ने सबैभन्दा बलियो अस्त्र भनेकै मानिसको शरीरको रोग प्रतिरोधी क्षमता हो । कुनै पनि किटाणु भाइरसले मानिसको शरीरमा आक्रमण गरेपछि उसको रोग प्रतिरोधी क्षमताले त्यसका विरुद्ध लडेर त्यसलाई निष्क्रिय तुल्याइदिन्छ । यस्तो भाइरसको संक्रमण समुदायमा हुँुदा त्यसका विरुद्धमा समुदायका बहुसंख्यक मानिसहरुमा पनि त्यस्तो प्रतिरोधी क्षमता पैदा हुँदै जान्छ । यस अर्थमा अहिलेको मुख्य आशा भनेकै कोरोनाभाइरसको संक्रमणविरुद्ध मानिसमा पैदा हुन सक्ने आशा गरिएको समुदाय प्रतिरोध अर्थात् हर्ड इम्युनिटी भएको छ ।

मानिसमा पैदा हुने यस्ता समुदाय प्रतिरोध कोरोनाभाइरसविरुद्धको लडाइँमा उपयुक्त रणनीति हुन सक्छ कि सक्दैन भनेर अहिले अनुसन्धानकर्ताहरु निधो गर्नेतर्फ प्रयासरत रहेका छन्  । त्यसका लागि उनीहरुले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि पहिले कडाइका साथ लकडाउन गरेर संक्रमणलाई फैलिन र विस्तारित हुन नदिनको लागि केही सफलतापाएपछि पुनः खुकुलो बनाउँदै गरेका मुलुकहरुको अवस्थालाई नियालिरहेका छन् ।

केही विज्ञहरुको विचारमा कोभिड–१९ विरुद्धको लडाइँमा समुदाय प्रतिरोध उत्तम उपाय नहुन पनि सक्छ । किनभने समुदाय प्रतिरोधका लागि ठूलो संख्यामा समुदायका मानिसहरु कोरोनाबाट संक्रमित हुनुपर्छ । त्यसको सोझो अर्थ के हो भने त्यसले ठूलो संख्यामा मानिसहरु बाहिर आवतजावत गर्नुपर्ने हुन्छ र त्यसले अनिवार्यतः ठूलो मात्रामा मृत्यु हुनेहरुको संख्या पनि बढाउनेछ ।


केही विज्ञहरुको विचारमा कोभिड–१९ विरुद्धको लडाइँमा समुदाय प्रतिरोध उत्तम उपाय नहुन पनि सक्छ । किनभने समुदाय प्रतिरोधका लागि ठूलो संख्यामा समुदायका मानिसहरु कोरोनाबाट संक्रमित हुनुपर्छ । त्यसको सोझो अर्थ के हो भने त्यसले ठूलो संख्यामा मानिसहरु बाहिर आवतजावत गर्नुपर्ने हुन्छ र त्यसले अनिवार्यतः ठूलो मात्रामा मृत्यु हुनेहरुको संख्या पनि बढाउनेछ ।

अहिलेसम्म कोरोनाभाइरसका विभिन्न रुपहरुले कसरी असर गर्छ भनेर राम्ररी परीक्षण नै हुन पाएको छैन । कोरोनाभाइरस संक्रमणको दरलाई न्यून पार्न सकिनेबारेमा हामी धेरै नै आशावादी भएका छौं तर समुदाय प्रतिरोधका माध्यमबाट त्यस दिशामा हामी कतिको नजिक पुग्न सकेका छौं भन्नेबारे परीक्षण हुन बाँकी नै छ । कोरोनाभाइरस संक्रमित भएर निको भएका मानिसहरु त्यसप्रति प्रतिरोधी हुन्छन् वा उनीहरुमा त्यसका विरुद्ध एन्टीबडी पैदा भइसकेको हुन्छ भनेर अनुमान नै गर्दा पनि त्यो प्रतिरोधी क्षमता कति लामो समयसम्म रहिरहन्छ भन्नेबारेमा हामीलाई अहिले कुनै ज्ञान नै छैन । यसअघि थाहा पाइसकेका कोरोनाभाइरसका अन्यप्रजातिहरुको संक्रमण तथा सामान्य मौसमी फ्लूकै सन्दर्भमा पनि त्यस्तो प्रतिरोधी क्षमता एक वर्षभन्दा कम मात्रै कायम रहने गरेको देखिएको छ । कोरोनाभाइरसका विरुद्धमा त्यसका संक्रमणबाट निको भएकाहरु प्रतिरोधी नै हुन्छन् भनेर मान्दा पनि आम जनसंख्यामा त्यो समुदाय प्रतिरोधका स्तरमा पुग्नका लागि कति समय लाग्ला भनेर अहिले नै भन्न सकिने स्थिति छैन ।

यसअघि थाहा पाइसकेका कोरोनाभाइरसका अन्यप्रजातिहरुको संक्रमण तथा सामान्य मौसमी फ्लूकै सन्दर्भमा पनि त्यस्तो प्रतिरोधी क्षमता एक वर्षभन्दा कम मात्रै कायम रहने गरेको देखिएको छ । कोरोनाभाइरसका विरुद्धमा त्यसका संक्रमणबाट निको भएकाहरु प्रतिरोधी नै हुन्छन् भनेर मान्दा पनि आम जनसंख्यामा त्यो समुदाय प्रतिरोधका स्तरमा पुग्नका लागि कति समय लाग्ला भनेर अहिले नै भन्न सकिने स्थिति छैन ।


अहिले विश्व महमारी फैलाइरहेको नोबेल कोरोनाभाइरस कत्तिको संक्रामक छ भन्ने जान्नुपनि एउटा महत्वपूर्ण पक्ष हो । यो कुरा आरओबाट जाँच्ने गरिन्छ । अर्थात् एउटा औसत संख्याका संक्रमितले एएटा स्वस्थ मानिसलाई भाइरस कत्तिको सार्छ भन्ने कुराबाट यसको संक्रामकतालाई नाप्ने गरिन्छ ।

सोझो भाषामा भन्दा संक्रमणको दर आरओ तलतिर झर्नका लागि धेरैभन्दा धेरै मानिसहरु प्रतिरोधी हुनु जरुरी हुन्छ । अहिलेसम्म नोबेल कोरोनाभाइरसको संक्रामकता थरिथरिका पाइएका छन् र यो आधारमा समुदाय प्रतिरोध प्राप्त गर्नको लागि कुल जनसंख्याको ६६.७ प्रतिशतसम्म भाइरसले संक्रमित हुनुपर्छ । फेरि त्यसको घातकता र मृत्युदरले पनि नोबेल करोनाभाइरस महामारीका विरुद्ध कति चाँडो निदानात्मक कारवाहीहरु गरिनुपर्छ भन्ने कुरा निर्धारण गर्नमा संवेदनशील भूमिका निर्वाह गर्ने गर्छ । नोबेल कोरोनाभाइरसको मृत्युदर मुलुकै पिच्छे र समयानुसार फरक फरक पाइएको छ । त्यस आधारमा मृत्युदरले संक्रमण पुष्टि भएकाहरुमध्ये १० प्रतिशत नाघ्न पनि सक्ने देखिएको छ ।  कोभिड–१९ ले ६० वर्षभन्दा कम उमेरका मानिसहरुमा मृत्यु गराइरहेको छ भने थुप्रै युवाहरुलाई समेत सघन चिकित्साको आवश्यकता पर्ने स्थितिमा पुर्याएको छ ।

अहिलेसम्म कतिजना मानिसहरु चाहिँ यस नोबेल कोरोनाभाइरस संक्रमणको शिकार बनिसकेका छन् भन्नेबारेमा यकीनका साथ भन्न सकिने अवस्था छैन । यसको संक्रमणका धेरैजसो केसहरुमा लक्षणहरु नै देखापरेका छैनन् भने उनीहरुमा परीक्षण गराउनुपर्ने आवश्यकताबोध हुने गरी विरामी नै देखापरेका छैनन् । अमेरिकाको सेन्टर फर डिजिजेज कन्ट्रोलका अनुसार २५ प्रतिशत संक्रमितहरुमा त कहिल्यै पनि लक्षण नै देखापरेन । अरु अध्ययनहरुले त यो स्थिति ५० प्रतिशतको नजिक पनि हुन सक्ने देखाएका छन् ।


अहिलेसम्म कतिजना मानिसहरु चाहिँ यस नोबेल कोरोनाभाइरस संक्रमणको शिकार बनिसकेका छन् भन्नेबारेमा यकीनका साथ भन्न सकिने अवस्था छैन । यसको संक्रमणका धेरैजसो केसहरुमा लक्षणहरु नै देखापरेका छैनन् भने उनीहरुमा परीक्षण गराउनुपर्ने आवश्यकताबोध हुने गरी विरामी नै देखापरेका छैनन् । अमेरिकाको सेन्टर फर डिजिजेज कन्ट्रोलका अनुसार २५ प्रतिशत संक्रमितहरुमा त कहिल्यै पनि लक्षण नै देखापरेन । अरु अध्ययनहरुले त यो स्थिति ५० प्रतिशतको नजिक पनि हुन सक्ने देखाएका छन् । यो भिन्नता हुनुको एउटा मुख्य कारण चाहिँ अहिलेसम्म पर्याप्त मानिसहरुमा परीक्षण नै भएको छैन । स्पेन, अस्ट्रेलिया, इटाली, चीन, अमेरिका र अन्य मुलुकहरुले कोरोनाभाइरस लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । उनीहरुले सामाजिक दूरीका निर्देशिकाहरुलाई पालना गर्दै केही व्यवसायहरुलाई खुला गर्ने अनुमति पनि दिन थालेका छन् । यसको प्रतिकूल नतिजा केही ठाउँहरुमा फेरि कोरोनाभाइरस संक्रमणका केसहरु पनि देखापर्न थालेका छन् । यो स्थितिमा आगामी केही हप्ताहरुले ठोस रुपमा कोभिड–१९ का विरुद्ध समुदाय प्रतिरोधले काम गर्छ कि गर्दैन भन्ने कुराको सुनिश्चित गर्न सक्ने आशा गरिएको छ ।

साइन्स नेचरपेज

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.