बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेल गएपछि परिवर्तन भयो यो व्यक्तिको भाग्य, यसकारण बने मोडल

सोमबार, १९ भदौ २०७४, १५ : ३५
सोमबार, १९ भदौ २०७४

भनिन्छ, कसको भाग्य कहिले, कहाँ र कसरी परिवर्तन हुन्छ त्यो कसैलाई पनि थाहा हुँदैन । यस्तै भयो नर्थ क्यारोलिनामा बस्ने २० वर्षीया मेखी अलान्टेसँग जसको भाग्य जेल गएपछि चम्कियो । हो, सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविक हो । कुनै बेलाका चोर यी व्यक्ति आज मोडलिङको जगत र सोसल मिडियाका चर्चित अनुहार हुन् ।

एक वेबसाइटका अनुसार, मेखी गाडीको चोरी गर्ने गर्दथे र अन्त्यमा अप्रिल सन् २०१६ मा चोरी गरेको आरोपमा उनलाई पक्राउ गरियो । पुलिसले जब उनको तस्बिर सार्वजनिक गर्यो तब हेर्दा हेर्दै उनी सोसल मिडियामा भाइरल भए । वास्तवमा, यी चोरको तस्बिर भाइरल हुनुका पछाडि भिन्न–भिन्न रंगको आँखा हो । जब मेखीको पुलिस स्टेशनमा लिइएको तस्बिर भाइरल भयो तब मोडलिङ एजेन्सी ‘क्लायर’ को  नजर उनीमाथि पर्यो । उक्त एजेन्सीलाई उनका दुई रंग भएको आँखा निकै आकर्षक लाग्यो । त्यसपछि मेखीको भाग्य खुल्यो र उनले मोडलिङको कन्ट्र्याक्ट पाए । मेखीको सोसल साइट इन्स्टाग्राममा दुई लाखभन्दा धेरै फलोअर्स छन् ।

यद्यपी, मेखी पहिलोे अपराधी होइनन् जसको तस्बिर यति लोकप्रिय भएर सिधै मोडल बने । उनीभन्दा पहिले पनि एक चोरको भाग्य पुलिस स्टेशनमा चम्किएको थियो । सन् २०१४ को मार्चमा अमेरिकाको जर्मी मिक्सको तस्बिर यति भाइरल भयो कि उनले करिब २० लाखको मोडलिङ कन्ट्र्याक्ट पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप