शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऊहानमा गरिएका परीक्षणको पाठ : कोरोनाबाट जोगिने अहिलेसम्मकाे आशा – खोप

समुदाय प्रतिरोध न्यून : खोप नबनेसम्म सामाजिक दूरी र नियन्त्रणका अन्य उपाय यथावत राखिनुपर्ने विज्ञका चेतावनी
शनिबार, ०३ जेठ २०७७, ०८ : ५४
शनिबार, ०३ जेठ २०७७

कोरोनाभाइरसको उत्पत्तिथलो अर्थात् मूल केन्द्रबिन्दू मानिएको चीनको उहानमा काममा फर्केका हज्जारौं मानिसहरु र लक्षण नै देखानपरेका मानिसहरुमा समेत गत महिना एन्टिबडी परीक्षण गरियो । यो परीक्षण मानिसहरुमा भएको प्रतिरोधी क्षमताको स्तरबारे जान्न र कोभिड–१९ को दोस्रो लहरबाट बच्नको लागि थालिएको थियो ।

परीक्षणको प्रारम्भिक नतिजा राम्रो र नराम्रो दुवै रह्यो– उहानका लागि र संक्रमणले बढी नै पिरोलेका संसारका अन्य ठाउँहरुका लागि पनि ।

राम्रो खबर के हो भने मानिसहरुम एन्टीबढीको मात्रा सुनिश्चित भएका केसहरुको अनुपातमा उल्लेख्य ढंगले धेरै छन् । यसले के संकेत गर्छ भने, त्यहाँ धेरै मासिनहरु थाहा नै नपाइकन, सामान्य वा लक्षणबिना नै बिरामी परेका थिए, र अहिले उनीहरु प्रतिरोधी भए ।

नराम्रो खबर चाहिँ के हो भने, त्यसरी प्रतिरोधी एन्टिबडी क्षमता हासिल गरेकाहरु संख्या ‘समुदाय प्रतिरोध’का लागि आवश्यक संख्याभन्दा निक्कै कम देखिए। सामान्यतः त्यो स्तर, भाइरसलाई मार्नको लागि ५० प्रतिशतभन्दा माथि हुनु आवश्यक छ । र, नतिजाले के पनि संकेत गरेको छ भने अझै पनि १ करोड १० लाख जनसंख्या भएको ऊहान शहरमा अझै पनि हज्जारौं पहिचान नगरिएका मानिसहरु लक्षणविहीन अवस्थामै कोरोना संक्रमित रहेको पनि हुन सक्छन् ।


प्रतिरोधी एन्टिबडी क्षमता हासिल गरेकाहरु संख्या ‘समुदाय प्रतिरोध’का लागि आवश्यक संख्याभन्दा निक्कै कम देखिए। सामान्यतः त्यो स्तर, भाइरसलाई मार्नको लागि ५० प्रतिशतभन्दा माथि हुनु आवश्यक छ । र, नतिजाले के पनि संकेत गरेको छ भने अझै पनि १ करोड १० लाख जनसंख्या भएको ऊहान शहरमा अझै पनि हज्जारौं पहिचान नगरिएका मानिसहरु लक्षणविहीन अवस्थामै कोरोना संक्रमित रहेको पनि हुन सक्छन् ।


ऊहानको जोङनान अस्पतालका वरिष्ठ चिकित्सकहरुले बताएअनुसार त्यहाँका २.४ प्रतिशत कर्मचारीहरु र २ देखि ३ प्रतिशत पछिल्ला विरामी तथा आगन्तुकहरुमा एन्टीबडी विकसित भएको पाइएको थियो । त्यसमा पहिले काममा फर्कनअघि परीक्षण गरिएकाहरु समेत सामेल छन् ।

‘यो भनेको समुदाय प्रतिरोध अझै टाढाको कुरा हो,’ शहरका सबैभन्दा ठूला अस्पतालहरुमध्येका एक जोङनानका प्रमुख वाङ सिङहुवा भन्छन्, ‘यो स्थितिमा खोप मात्रै हाम्रो एक मात्र अन्तिम आशा हुन सक्छ ।’

खोप नबनेसम्म सामाजिक दूरी र नियन्त्रणका अन्य उपायहरु ऊहानमा यथावत राखिनुपर्ने डा. सिङहवा र अन्य डाक्टरहरु चेतावनी दिन्छन् । स्मरण रहोस्, वैशाख ३ गतेदेखि ऊहानमा करिब करिब लकडाउन पूर्णतः हटेको स्थिति छ ।

माथिको नतिजा प्रारम्भिक अवस्थामा र तुलनात्मक रुपमा सानो नमूनामा गरिएको परीक्षणमा आधारित छ ।

तथापि, यो कोरोनाभाइरसले अति नै प्रभावित भएका न्यूयोर्क लगायतका अन्य स्थानहरुको हकमा प्रारम्भिक सूचाङ्क पनि हुन सक्छन् । ती स्थानहरु अहिले कोरोनासंक्रमितहरु छँदाछँदै पनि लकडाउनलाई खुकुलो बनाउने र कोरोनासंक्रमणको दोस्रो लहर आउन नपाओस् भनेर दुईका बीच सन्तुलन कायम गर्ने कुरामा प्रयत्नरत रहँदै आएका छन् ।

यतिखेर थुप्रै अस्पतालहरुले एन्टीबडी परीक्षण र कोरोनाभाइरसका विरामीहरुका लागि रोगसँग लड्नका लागि ‘ब्लड प्लाज्मा थेरापी’का बारेमा अनुसन्धान गरिरहेका छन् ।

एन्टीबडी परीक्षणमा रगतमा इम्युन सिस्टम मार्करहरुको परीक्षण गरिन्छ । ती मार्करहरुले परीक्षण गरिएका व्यक्ति संक्रमित भई त्यससँगको लडाइँ जितेका थिए भन्ने कुरा देखाउँछ । महामारी विस्फोट भएदेखि नै ऊहानका अधिकारीहरुले न्यूक्लिइक एसिड परीक्षणमा जोड दिएका थिए, जुन परीक्षण घाँटीको स्वावबाट गरिन्छ र त्यसले ताजा संक्रमणलाई देखाउँछ । यो नतिजा खासगरी, लक्षण देखिएका र संक्रमण सुनिश्चित भएका व्यक्तिहरुसँग नजिकको सम्पर्कमा आएकाहरुमा आउने गर्छ ।


जनस्वास्थ्य विज्ञहरु ‘समुदाय फैलावट’ मार्फत् भएका  लक्षणबिनाका संक्रमणका केसहरु पत्ता लगाउनका लागि व्यापक रुपमा न्यूक्लेइक एसिड परीक्षणको खाँचो औंल्याउँछन् । तर साथसाथै, कूल जनसंख्याका कति मानिसहरुमा भाइरसप्रतिरोधी क्षमता हासिल भयो र कति प्रतिशत चाहिँ अझै शंकाका घेरामै छन् भन्ने थाहा पाउनका लागि एन्टीबडीहरुका लागि रगतको परीक्षण पनि जरुरी रहेको उनीहरु बताउँछन् ।


जनस्वास्थ्य विज्ञहरु ‘समुदाय फैलावट’ मार्फत् भएका  लक्षणबिनाका संक्रमणका केसहरु पत्ता लगाउनका लागि व्यापक रुपमा न्यूक्लेइक एसिड परीक्षणको खाँचो औंल्याउँछन् । तर साथसाथै, कूल जनसंख्याका कति मानिसहरुमा भाइरसप्रतिरोधी क्षमता हासिल भयो र कति प्रतिशत चाहिँ अझै शंकाका घेरामै छन् भन्ने थाहा पाउनका लागि एन्टीबडीहरुका लागि रगतको परीक्षण पनि जरुरी रहेको उनीहरु बताउँछन् ।

गत महिनादेखि लकडाउनलाई शिथिल गर्दै जाँदा ऊहानले यी दुवै परीक्षणहरु थालेका हुन् । यतिखेर ऊहानका स्वस्थ प्रमाणित भएका धेरै वासिन्दाहरुलाई घरबाट निस्कन तथा काममा फर्कनका लागि अनुमति दिइएको छ ।

ऊहान शहरबाट बाहिर जानको लागि न्यूक्लेइक एसिड टेस्ट अनिवार्य गरिएको छ । तर काममा फर्कनको लागि त्यसलाई अनिवार्य गरिएको छैन यद्यपि थुप्रै कम्पनीहरुले त्यसो गरिनुपर्ने माग गरिरहे । केही रोजगारदाताहरुले त एन्टीबडी टेस्टको पनि माग गरिरहे । थुप्रै अस्पतालहरुले आफ्ना कर्मचारी तथा विरामीहरुमा त्यो परीक्षण गर्न पनि थाले ।

कतिसम्म भने ऊहान शहरका सेक्युरिटी गार्ड र ट्याक्सी ड्राइभरहरु समेत गरेर ११ हजार वासिन्दाहरुको एन्टीबडी परीक्षण गरियो ।

त्यही किसिमको एन्टीबडी परीक्षणहरु अन्य नौवटा प्रान्तहरु र ठूला शहरहरुमा पनि गरिए । त्यसमा बेइजिङ र सांघाई जस्ता ठूला शहरहरु पनि छन् । समाचारहरुमा आएका यो जानकारीका बारेमा चीनका स्वास्थ्य पदाधिकारीहरुले भने टिप्पणी गरेका छैनन् ।

ऊहानको जोङनान अस्पतामा गरिएको एन्टिबडी परीक्षणमा ३६०० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । तिनमा डाक्टर, नर्सका अलावा सुरक्षाकर्मी तथा सफाइकर्मचारीहरुसमेत सामेल थिए । त्यसबाहेक, उनीहरुले ५ हजार आगन्तुकहरु पनि सामेल गरेका थिए । तिनमा काममा फर्कन वा ऊहान शहर छोड्नका लागि परीक्षण गरिनुपर्नेहरु सामेल थिए ।

उक्त परीक्षणमा अस्पतालका दुईजना कर्मचारीहरुमात्रै अझै संक्रमित रहेको फेला परेका थिए । डा. वाङका अनुसार उनीहरु लक्षणरहित थिए ।


उक्त नतिजामा देखिएका दुवै समूहका २ प्रतिशतमा मात्रै एन्टीबडी रहेको कुराले चीनमा संक्रमितको वास्तविक संख्या अहिलेकोभन्दा धेरै नै रहेको हुन सक्ने देखाएको छ । अहिलेसम्मको तथ्यांकअनुसार ऊहानमा ५० हजार ८ जना संक्रमित पुष्टि भएको छ, जुन भनेको त्यहाँको कूल जनसंख्याको ०.४५ प्रतिशत मात्रै हो ।


उक्त नतिजामा देखिएका दुवै समूहका २ प्रतिशतमा मात्रै एन्टीबडी रहेको कुराले चीनमा संक्रमितको वास्तविक संख्या अहिलेकोभन्दा धेरै नै रहेको हुन सक्ने देखाएको छ । अहिलेसम्मको तथ्यांकअनुसार ऊहानमा ५० हजार ८ जना संक्रमित पुष्टि भएको छ, जुन भनेको त्यहाँको कूल जनसंख्याको ०.४५ प्रतिशत मात्रै हो ।

उदेकलाग्दो कुरा के पनि रह्यो भने एन्टीवडी परीक्षणको नतिजा अस्पतालका स्वास्थ्यकर्मी तथा त्यहाँ आउने आगन्तुकहरुमा झन्डै बराबरी रहेको पाइयो । जबकि, अस्पतालमा आउने आगन्तुकहरुभन्दा त्यहाँका कर्मचारीहरु भाइरससँग बढी सम्पर्कमा आउन सक्ने स्थिति थियो । तर अस्पतालका स्वास्थ्यकर्मीहरु भाइरसँग बढी ‘एक्सपोज’ भएको भए पनि उनीहरुले बढी सुरक्षात्मक उपकरणहरु लगाउन पाएकोले पनि यस्तो बराबरी नतिजा आएको हुन सक्ने कुरा अमेरिकाको न्यू ओरेलान्सस्थिति टुलेन युनिभर्सिटीका (Tulane University)  भाइरोलोजिस्ट रोबर्ट गार्री बताउँछन् ।

तर ऊहान शहरमा वास्तवमै कति मानिसहरुमा एन्टीबडी छ भन्ने कुराको प्रष्ट तस्विर स्थापित गर्नका अरु तथ्यांकहरु तथा अनुसन्धानहरुको आवश्यकता पर्ने लागि थुप्रै विज्ञहरुले औंल्याएका छन् । उनीहरुका अनुसार, त्यस्ता एन्टीबडीले कुन तहको भाइरस प्रतिरोधी क्षमता प्रदान गर्छ भन्ने कुरा पनि अस्पष्ट छ ।

‘कसैमा एन्टीबडी देखियो भन्दैमा ऊ भाइरसप्रतिरोधी छ र काममा फर्कन सक्छ भनेर ठान्नु सुरक्षित हुँदैन,’ हावर्ड टी.एच. चान स्कुल अफ पब्लिक हेल्थका बायोस्टाटिस्टिकका प्रोफेरस लिन झिओङ भन्छन् ।

ऊहानमा पहिले संक्रमणबाट निको भई नेगेटिभ नतिजाआएकाहरुमा फेरि पोजेटिभ देखिएका थुप्रै केसहरु फेला परेको डाक्टरहरुले बताएका छन् । त्यसो हुनुको पछाडि केहीले परीक्षणको नतिजामै गडबडी हुन सक्ने आशंका गरेका छन् भने अरु कतिपयले चाहिँ सम्भाव्य संक्रमण पो हो कि भनेर चिन्ता जाहेर गरेका छन्  ।


ऊहानका धेरै डाक्टरहरुका लागि लक्षणबिना नै संक्रमित हुने केसहरुले चिन्तित तुल्याएका छन् यद्यपि केहीका विचारमा त्यस्ता लक्षणबिनाका केसहरु कम संक्रामक हुन्छन् । अर्थात् संक्रमणका लक्षण देखिएका तुलनामा तिनीहरुबाट अरुमा संक्रमण सर्न सक्ने सम्भावना कमै हुने गर्छ ।


ऊहानका धेरै डाक्टरहरुका लागि लक्षणबिना नै संक्रमित हुने केसहरुले चिन्तित तुल्याएका छन् यद्यपि केहीका विचारमा त्यस्ता लक्षणबिनाका केसहरु कम संक्रामक हुन्छन् । अर्थात् संक्रमणका लक्षण देखिएका तुलनामा तिनीहरुबाट अरुमा संक्रमण सर्न सक्ने सम्भावना कमै हुने गर्छ ।

ऊहानबाट लकडाउन हटाएपछि संक्रमणका लक्षणहरुसहित परीक्षणमा पोजेटिभ देखिएका नयाँ केसहरु तुरुन्तै त देखापरेन । तर त्यस्ता केही दर्जन केसहरु चाहिँ फेला परे, जसमा संक्रमितमा संक्रमणको लक्षण चाहिँ देखापरेन तर परीक्षणमा उनीहरु पोजेटिभ देखिए ।

मार्च २९ देखि अप्रिल १० का बीचमा परीक्षण गरिएका १ लाख ४३ हजार ५६ जनामध्ये ११३ जना (०.०८ प्रतिशत) ले भाइरस बोकिरहेको  पाइएको थियो । तर तीमध्ये प्रायः सबैजनामा संक्रमणका कुनै लक्षण नै थिएनन् ।

‘यसको अर्थ पहिले भाइरस फैलिएको तर अहिले कम भएको ठाउँमा फेरि संक्रमणका नयाँ केसहरु देखापर्न सक्ने देखियो,’ तुलाने युनिभर्सिटीका डा. गार्री भन्छन् ।

त्यस किसिमका केसहरु काममा फर्किएकाहरुमा अहिलेसम्म तुलनात्मक रुपमा कमै देखिएका छन्,’ जोङनान अस्पतालका डा. वाङ भन्छन् । तर साथसाथै ‘धेरै मानिसहरु काममा फर्कन थालेपछि फेरि त्यहाँ अर्को महामारी फैलिन सक्ने खतरा कायमै रहेको’ उनी बताउँछन् ।

‘हामीलाई अझै यो कुरा राम्ररी थाहा छैन कि त्यहाँ वास्तवमै अझै लक्षणरहित अवस्थाका सक्रमणका केसहरु कति छन्,’ डा. वाङ भन्छन् ।

के हुँदैछ यतिखेर चीनमा ?

यतिखेर ऊहानमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु होला भन्ने आशंकामा व्यापक परीक्षण (blanket testing) गरिने भएको छ । 

पश्चिम ऊहानको आवासीय क्षेत्रका ६ जना निवासीहरुमा गत हप्ताको अन्त्यतिर ६ जनामा कोरोनाभाइरसको संक्रमण फेला परेपछि त्यसो गर्न लागिएको हो ।

अहिले ऊहान शहरमै १० दिनभित्र व्यापक परीक्षण गरेर त्यहाँ बचेखुचेका सबै कोरोनाभाइरस संक्रमितलाई पत्ता लगाइसक्ने अभियान थाल्ने चर्चा चुलिएको छ । तर त्यसको अर्थ १० दिनभित्रै सबै परीक्षण सक्ने भन्ने हो कि हैन भन्ने पुष्टि चाहिँ भइसकेको छैन ।

उता चीनको अर्धस्वायत्त सहर हंगकंगमा पनि गत बुधबार  मात्रै संक्रमणका नयाँ २ केसहरु फेला परेका थिए । त्यहाँ पछिल्लो २३ दिनसम्म संक्रमणका कुनै केसहरु फेला परेका थिएनन् ।

कोरोनाभाइसलाई सफलतापूर्वक नियन्त्रणमा लिइसकेका ठाउँहरुमा पनि पुनः कोरोनाभाइरस संक्रमणका केसहरु देखापर्न थालेपछि यसलाई नियन्त्रणमा ल्याउन विश्वव्यापी रुपमा नै चुनौती थपिएका छन् ।

करिब १ करोड १० लाख जनसंख्या रहेको ऊहान शहरमा गत अप्रिल २९ सम्मा देखिक ६३ हजार जनासम्मको परीक्षण गरिएको थियो । त्यहाँका ५३ वटा परीक्षण केन्द्रहरुमा औसत रुपमा दैनिक ४६ हजार जनाको परीक्षण गरिएको थियो ।

गत अप्रिलको अन्त्यसम्ममा चीनमा ३० किसिमका परीक्षण कीटहरुलाई स्वीकृति प्रदान गरिएको थियो । ती कीटहरुको देशव्यापी रुपमा औसत उत्पादन ९० लाख नाघेको थियो ।

लकडाउन खुलेपछि ऊहानमा खानेकुरा किन्दै एक स्थानीय

चीनका विभिन्न भागहरुमा संक्रमणका नयाँ केसहरु देखिएका छन् । तीमध्ये सबैभन्दा गम्भीर उत्तरपूर्वी शरह जिलिनमा देखिएको छ, जहाँ प्रहरीहरुको पोशाक धुनका लागि राखिएका एक महिलाबाट एक हप्ताको समयावधिमा अन्य २१ जनालाई संक्रमण सरेको छ । त्यस घटनाको लगत्तै उक्त महिला बस्ने सुलान क्षेत्रलाई तत्कालै लकडाउन गरियो । गत बुधबारदेखि त पूरै जिलिनमा शहरमा फेरि लकडाउन गरिएको छ । अध्ययनका लागि स्कुल फर्केका विद्यार्थीलाई घर फर्काइएका छन् र उनीहरुलाई अनलाइन कक्षा लिन भनिएको छ ।

संक्रमणविद्हरुका लागि सबैभन्दा दिमाग रिंग्याउने कुरा चाहिँ के भएको छ भने संक्रमण फैलाउने स्रोत बनेकी ती महिला आफैं भने कोभिड–१९ संक्रमणको उच्च जोखिम मानिएको क्षेत्रमा गएका वा त्यसक्षेत्रतिरका मानिसहरुको सम्पर्कमा नै आएकी थिइनन् ।


चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका विशेषज्ञ ऊ जुनयोऊले ती महिलामा प्रहरीको बर्दीबाट संक्रमण सरेको हुन सक्ने कुरालाई अस्वीकार गरेका छैनन् । उक्त शहरका थुप्रै प्रहरी अधिकृतहरु रुसबाट फर्केका स्थानीयहरुलाई व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए । अहिले चीनमा बाहिरबाट संक्रमण आउने सबैभन्दा ठूलो स्रोत रुस बनेको छ ।


चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका विशेषज्ञ ऊ जुनयोऊले ती महिलामा प्रहरीको बर्दीबाट संक्रमण सरेको हुन सक्ने कुरालाई अस्वीकार गरेका छैनन् । उक्त शहरका थुप्रै प्रहरी अधिकृतहरु रुसबाट फर्केका स्थानीयहरुलाई व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए । अहिले चीनमा बाहिरबाट संक्रमण आउने सबैभन्दा ठूलो स्रोत रुस बनेको छ ।

त्यसो त चीनका अन्य भूभागबाट खुकुलो पारिएको कडीकडाउ निरन्तर गरिएको छ तर जिलिन र ऊहानमा देखिएका केसहरुले त्यहाँ कोरोनाभाइरस संक्रमणको नयाँ लहर आउने सम्भावनाको डर पैदा गराइदिएको छ ।

–वालस्ट्रीट जर्नलमा प्रकाशित जेरेमी पेजवेनसिन फान का रिपोर्टहरुमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप