शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठूलो स्वरमा बोल्दा यसरी फैलिनसक्छ कोरोना

शनिबार, ०३ जेठ २०७७, १३ : ५६
शनिबार, ०३ जेठ २०७७

ठूलो स्वरमा बोल्दा मुखबाट उत्पादन हुने छिटा अन्य व्यक्तिमा कोरोना भाइरस सार्नका लागि पर्याप्त हुने एक अध्ययनले देखाएको छ ।

 यसअघिको अनुसन्धानले मुखबाट निस्कने १ मिलिलिटर छिटामा झन्डै ७० लाख कोरोना भाइरसको कपी हुने जनाएको थियो । नयाँ अनुसन्धान गर्ने वैज्ञानिकहरु ठूलो स्वरले बोलेका बेला केवल १ मिनेटमा १ हजारभन्दा धेरै भाइरसयुक्त छिटा बाहिर निस्कनसक्ने बताउँछन् । 

नेशनल एकेडेमी अफ साइन्सेसको जर्नलमा उनीहरुको खोजी प्रकाशित भएको छ । यस खोजी अनुसार त्यसरी बाहिर आएका बाछिटा हावामा ८ मिनेट वा त्यसभन्दा लामो समय पनि रहनसक्छन् । 

रुघाखोकी र सिंगानबाट कोभीड–१९ कोरोना भाइरस सर्नसक्छ भन्ने राम्ररी थाहा भइसकेको छ । अहिलेको अध्ययनले भने लक्षण नदेखिएका वा लक्षण देखिने चरणमा रहेका संक्रमितले बिरामी महसुस नगरेपनि भाइरस फैलाउनसक्ने विषयमा जोड दिएको छ । 

‘सार्स–कोभ २ बाट संक्रमित तर लक्षण नदेखिएका व्यक्तिले बोल्दा बाहिर निस्कने छिटा भाइरस संक्रमणका लागि संभावित माध्यम हुनसक्छ,’ अनुसन्धानकर्ताहरुले लेखेका छन् । 

ठूलो स्वरमा बोल्दा ठूलै संख्यामा छिटाहरु बाहिर निस्कन्छन् भन्ने पनि अध्ययनले देखाएको छ, यद्यपी अनुसन्धानकर्ताले यो पनि ध्यानमा राखेका छन् – ‘सामान्य बोलीचाली गर्दा पनि सीमित वातावरणमा हावामार्फत भाइरस फैलने ठूलो संभावना छ ।’

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सिडिसी) ले भर्खरै वासिङटन राज्यमा भजनको अभ्यासबाट यस्तै अनुसन्धान गरेको थियो । ६१ जना सहभागीमा अनुसन्धान गर्दा ३३ जना कोरोना पोजेटिभ पाइए भने अन्य २२ जनाको अवस्था शंकास्पद थियो ।

‘गीत गाउँदा बाछिटाहरु बाहिर निस्किएपछि यसैको माध्यमबाट संक्रमण फैलन योगदान पुगेको हुनसक्छ, ठूलो आवाजले यसमा थप असर पु¥याएको छ,’ सिडिसीको रिपोर्टमा भनिएको छ । 
नयाँ अनुसन्धानका अनुसार बोल्ने क्रममा मुखबाट छिटाहरु हावामा निस्किएपछि घटेर वास्तविक आकारको २० देखि ३४ प्रतिशतमा सीमित रहन्छन् । यसले उनीहरुको भूइँमा झर्ने गतिलाई कम गरिदिन्छ, अर्थात् यस्ता छिटाहरु हावामा केही मिनेटसम्म रहनसक्छन् । 

विभिन्न राज्यहरुले लकडाउन खुुकुलो गर्दै व्यापार फेरि सुचारु गर्ने र केही सामाजिक भेला गर्ने अनुमति दिइरहेका बेला यस्तो खोजी बाहिर आएको हो । अमेरिकामा केही क्षेत्रमा मास्क लगाएका मानिसको भीडले सामाजिक दूरीको निर्देशिका तोडिरहेको छ, सले कोरोना महामारी आउनसक्ने चिन्ता बढाएको छ । 

‘हामीले वैज्ञानिक रुपमा लकडाउन खोल्ने काम गरेका छैनौं,’ सिडिसीका पूर्व निर्देशक डाक्टर थोमस फ्राइेनले भने, ‘राजनीतिक निर्णय, सिद्धान्त र सर्वसाधारणको दबाबका आधारमा हामीले लकडाउन खोल्दैछौं र मलाई लाग्छ यसको अन्त्य निकै खराब हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप