केन्द्रीय संस्करण
इतिहास

‘सफा’ साबुनको ‘फोहोर’ इतिहास

person explore access_timeजेठ ३, २०७७ chat_bubble_outline0

‘साबुपानी लगाएर कम्तिमा २० सेकेन्ड मिचिमिची आफ्नो हात धुनुस्,’ कोभीड–१९ महामारी फैलिएका बेला अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी) ले यही सल्लाह दिएको छ । किनभने साबुनमा पाइने तत्त्वले छालाबाट किटाणु निकाल्छ र पानीले यसलाई पखालिदिन्छ । साबु महंगो छैन र सुलभ रुपमा पाइन्छ । देशका हरेक घरमा यो पाइन्छ ।

तर, आफ्नो छाला सफा गर्न प्रयोग गरिने साबुन निर्माणको लामो र फोहोरी इतिहासबारे अझै कमैमात्र मानिसले बुझेका छन् । म इतिहासकार हुँ, जो प्रायः आफ्नो अनुसन्धानलाई भौतिक संस्कृतिमा केन्द्रीत गर्छु । जब मैले विगतमा साबुनको प्रयोग के थियो भनेर खोतल्न थालेँ, तब ‘गडबड’ उद्गम थाहा पाएर म छक्क परेँ ।

सफाइ गर्न घिनलाग्दो पदार्थ

बध गरिएका गाई, भेडा वा बाख्राको बोसोलाई पानी र खरानीसँगै पकाएर प्राचिन मेसोपोटामियन्सले पहिलोपटक साबुनजस्तै वस्तु बनाएका थिए । नतिजा – चिल्लो र बास्नादार यस वस्तुले फोहोर पखाल्यो ।

साबुनबारे सबैभन्दा पुरानो उल्लेख सन् ७७ को रोमन दार्शनिक प्लिनी द एल्डरको पुस्तक नेचुरालिस हिस्टोरियामा भएको छ । उनले साबुनलाई जनावरको बोसोबाट बनाइएको कडा चिल्लो वस्तु बनेका छन् – विशेषगरी गोरुको बोसोबाट निकालिएको र खरानी मिसाइएको, मानिसहरुले आफ्नो कपाललाई राम्रो देखाउन यसको प्रयोग गर्छन् भनिएको छ ।

प्राचिनकालमा ऊन वा कटन फाइबरका कपडालाई सिलाउनुअघि सफा गर्न मानिसहरु साबुन प्रयोग गर्थे, मानवीय सफाइका लागि होइन । धारा तथा सार्वजनिक स्नान सुरु गर्ने ग्रिक वा रोमनले पनि आफ्नो शरीर सफा गर्न साबुन प्रयोग गरेका थिएनन् । 

बरु, मानिसहरु मज्जाले आफुलाई पानीमा भिजाउथे र त्यसपछि जैतुनको तेल लगाउथे । अनि, शरीरबाट तेल वा किटाणु हटाउन फलाम वा अन्य धातुमार्फत् बनेको स्ट्रिजिल नामक वस्तु प्रयोग गर्थे ।

मध्ययुगसम्म तरकारीको तेलबाट बनेका साबुन, जो सफा, शुद्ध र राम्रो वास्नादार मानिथ्याें, विलासी सामाग्रीका रुपमा युरोपको सम्भ्रान्त वर्गको प्रयोगमा आइसकेको थियो ।

यसमध्येको पहिलो एलिप्पो साबुन, हरियो – जैतुन तेलबाट बनाइयो र त्यसमा लउरेल तेलको बास्ना मिसाइएको थियो, यसको उत्पादन सिरियामा हुन्थ्यो र व्यापारीहरुले यसलाई युरोप ल्याउथे । फ्रेन्च, इटालियन, स्पेनिस र अन्ततः अङ्ग्रेजहरुले पनि यस्तै साबुन आ–आफ्नै भर्सनमा बनाउन थाले ।

यसमध्ये जाबोन डि कास्टिल्ला वा कास्टाइल साबुन सबैभन्दा धेरै परिचित थियो,  केन्द्रीय स्पेनको एक क्षेत्र जहाँ यसको उत्पादन हुन्थ्यो, त्यहीबाट नामबाट जुराइएको थियो ।

सेतो, जैतुनको तेलमा आधारित यो साबुन युरोपेली शाही घरानाहरुमा शौचका लागि अति प्रसिद्ध सामाग्री थियो । यस्ता कुनै पनि किसिमका कडा साबुनलाई सामान्यत क्यासटाइल नै भनिन्थ्यो ।

संयोगवस् (१५००को दशकदेखि १७ सयको दशकसम्म) अमेरिकामा उपनिवेश बनाउने क्रम त्यही बेला सुरु भयो जतिबेला अधिकांश युरोपेली, चाहे धनी हुन् वा गरिब, नियमित स्नानकर्मबाट टाढिएका थिए । नीहरुलाई पानीले रोग फैलाउँछ भन्ने भय थियो ।

सुरुमा उपनिवेशवादीहरुले साबुको प्रयोग घरेलु सफाइमा गरे र साबुन बनाउने काम महिलाको मौसमी घरेलु कार्यतालिकामा पथ्र्यों ।

सन् १७७५ मा कनेक्टिकटकी एक महिलाले बताएअनुसार महिलाहरुले जाडोमा बधपछि पशुको बोसो, खाना पकाएर बाँकी रहेको चिल्लो (ग्रिज) र दाउरा बालेर बाँकी रहेको खरानी जम्मा गर्थे ।

वसन्तमा उनीहरुले खरानीबाट लाई बनाउथे र त्यसलाई ठूलो भाँडोमा बोसो र ग्रिजसँगै मज्जाले उमाल्थे । 

यसरी मुलायम साबुन उत्पादन हुन्थ्यों, जसलाई महिलाहरु उपनिवेशवादीहरुले लगाउने फाब्रिकका कपडा धुन प्रयोग गर्थे ।

नयाँ देशमा स्थापित न्युर्योकको कोलगेट (सन् १८०७ मा स्थापित) वा सिन्सिन्नाटीस्थित प्रोक्टर एन्ड ग्याम्बल (सन् १८३७ मा स्थापित) जस्ता साबुन उत्पादकहरुले यसको उत्पादन ठूलो परिमाणमा बढाए, तर यसमा प्रयोग हुने पदार्थ वा यसको प्रयोग परिवर्तनका थोरैमात्र गरे ।    

मध्यमवर्गीय अमेरिकीहरुले यतिबेला पानीमा स्नान गर्न थालिसकेका थिए, तर अझै उनीहरुले साबुनको प्रयोग स्वीकारेका थिएनन् । साबुन निर्माण जनावरको बोसोमार्फत बनाइने वस्तु (टालो) व्यापारमै जोडिएर रह्यो, यसलाई मैनबत्ती निर्माणसँग निकै नजिकबाट जोडेर हेरिन्थ्यो ।

सामाग्री सफा गर्नेदेखि शरीर सफा गर्नेसम्म

गृहयुद्ध घाँटीमा आइसकेको थियो । ती सुधारकहरुलाई धन्यवाद दिनुपर्छ, जसले सरसफाइका लागि साबुन र पानीले नियमित हात धुनुपर्ने चेतना युद्धमा युनियन पक्षधरतर्फ साथ जुटाउने क्रममा बाँडे ।

सस्तो ट्वाइलेट साबुनको माग नाटकीय रुपमा जनमानसमा बढ्यो । कम्पनीहरुले नयाँ उत्पादन बनाउने र यसबारे उपभोक्तालाई जानकारी दिने काम गर्न थाले । 

१८७९ मा पि एन्ड जीले आईभोरी साबुन निकाल्यो, यो अमेरिकाको पहिलोमध्येको एक  वास्नादार ट्वाइलेट सोप (साबुन) थियो ।

मिल्वाउकीस्थित बीजे जोनसोन सप कम्पनीले पाल्म र जैतुन तेलबाट पाल्मोलिभ साबुन सन् १८९८ मा निकाल्यो । १९०० को सुरुवाती दशकमा यो विश्वमै सबैभन्दा धेरै बिक्री हुने साबुन थियो । 

साबुको केमेस्ट्री विस्तारै परिवर्तित हुँदै आयो, आधुनिक युगको ढोका खुल्यो ।

आयात गरिएको नरिवल र पाल्म तेल र त्यसपछि घरेलु रुपमा उत्पादित कटनको बिउको तेलबारे पीए एन्ड जीमा दशकौंसम्म प्रयोगशालामा प्रयोग गरियो, यसबाट १९०९ मा हाइड्रोनेनेटेड फ्याटको आविस्कार भयो । 

वनस्पतिबाट निकालिएको यस्तो तेलले जनावरको बाइप्रडक्टमा साबुन निर्माणको निर्भरता घटाएर क्रान्ति ग¥यो ।

साबुनका लागि आवश्यक बोसो र तेलको अभाव पहिलो र दोस्रो विश्वयुद्धमा हुँदा बोसोयुक्त कपडा धुने साबुन, घरायसी क्लिनर र स्याम्पुको सर्वोत्कृष्ट विकल्पका रुपमा साइन्थेटिक डिटर्जेन्ट्सको खोज सुरु भयो ।

व्यवसाहिक रुपमा उत्पादीत आजका साबुन ल्याब–इन्जिनियर्ड विशेष उत्पादन हुन् ।

सेन्थेसिस्ड जनावरको बोसो, वनस्पतिको तेल र अन्य पदार्थलाई केमिकलसँग संयोजन गरिन्छ, मोस्चराइजर्स, कन्डिसनर्स, फोम एन्जेन्ट, रंग र वास्ना समेत समावेश गरेर  साबुनलाई थप आर्कषक र बास्नादार बनाइन्छ । तर सावर जेलसहित पेट्रोलियमयुक्त कन्टेन्टलगायत साबुनको फोहोर पक्षलाई यसले पूर्णतया लुकाउन सक्दैन ।

सन् १९४७ मा पी एन्ड जीको इतिहास पर्यवेक्षण गर्दा ,‘साबुन हाम्रा लागि अति सामान्य वस्तु हो ।’ सामान्य समयमा जसरी यसको कुनै गणना हुँदैन थियो, त्यही अनुपातमा महामारीमा यसको महत्त्व बढेको छ ।

द कन्भरसेसन

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.