शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साईप्रसमा २०० भन्दा बढीलाई राहत वितरण

शनिबार, ०३ जेठ २०७७, २३ : २१
शनिबार, ०३ जेठ २०७७

साईप्रस । कोरोना भाईरसले प्रभावित नेपाली समुदायहरुका लागि साईप्रसमा राहत वितरण गरिएको छ । साइप्रसमा रहेका विभिन्न समाजिक सघं–सस्थाहरुको सहकार्य एवमं गैरआवासीय नेपाली सघं साईप्रसको नेतृत्वमा दोस्रो चरणको राहत वितरण कार्यलाई निरन्तरा दिइएको हो । 

साईप्रसमा रहेका नेपाली विद्यार्थी एवम् केही कामदार , रिफिउजी लगायतमा खाना बस्ने समास्या बढिरहेको बेलामा विभिन्न १२ वटा समाजिक सघंसस्थाले राहत वितरणको कार्यक्रमलाई निरन्तता दिइरहेका छन् । सामाजिक संस्थाहरु र  एनआरएनए साईप्रसले पहिलो चरणको राहत वितरण समपन्न गरि दोस्रो चरणको राहत वितरणलाई तिब्रता दिएको हो । 

एनआरएनए साईप्रसका महासचिव कृप थापाले दोस्रो चरणको राहत कार्यक्रम अन्तर्गत शुक्रवार र शनिवार गरि  २०० भन्दा बढिलाई  राहत वितरण गरिएको जानकारी दिए । थापाका अनुसार एनआरएनए साईप्रसका प्रतिनिधि एवम् विभिन्न सघं–सस्थाका प्रतिनिधिहरुको प्रत्यक्ष सहकार्यमा शुक्रवार साईप्रसका लिमासोल, पाफोस, लार्नाका आयानापा सहरमा गएर राहत बाँडिएको हो ।

‘हामीले राहत वितरणको कार्यक्रमको सूचना निकाल्दा देखि नै धेरैले एनआरएनए साईप्रसको फेसबुक पेजमा राहत लिनका लागि नाम दर्ता गराएका छन्, केहीलाई पहिलो चरणमा वितरण गरिसकेका छौ भने अहिले दोस्रो चरणमा पनि धेरैले राहत लिनका लागि नाम दर्ता गराएका छन्’ थापाले भने । राहत वितरण गरेपछि एनआरएनए साईप्रस अहिले सबैको प्यारो बनिरहेको अध्यक्ष दिलकुमारी तिलिजा पुनले जानकारी दिइन् । पुनले  दोस्रो चरणको राहत कार्यक्रम अन्तर्गत ४८७ जनामध्ये अहिलेसम्म ३२३ जनालाई राहत वितरण गरिएको जानकारी दिइन् ।

पुनले शुक्रवार मात्रै गैरआवासीय नेपाली सघं साईप्रसका पूर्व अध्यक्ष एवम् संरक्षक सुवास मल्ल, महासचिव कृप थापा, युवा संयोजक कुन्दन कार्की, नेपाल मगर सघं साईप्रसका अध्यक्ष खगेन मगर, एनआरएन कार्यसमिति सदस्य राजन श्रेष्ठ, ईश्वर थापा, सेफ तेज राना लगायतको टोलीले लिमासोला र पाफोस सहरमा गएर राहत वितरण गरेको जानकारी दिइन् । साथै आफु लगायत कोषाध्यक्ष दिनेश ढकाल, सचिव पुरन मगर, पूर्व महिला संयोजक नानु गोम्जा, मगर सघंका महासचिव दर्शन बलाल, प्रवासी नेपाली एकता मञ्चका सचिव केशव ठकुरी, आयानापाका दिपेन गुरुङ लगायतले साईप्रसकै अर्को सहर लार्नाका र आयानापामा राहत वितरण गरेको पुनको भनाई थियो ।  

उता साईप्रसमा रहेको बृटिश फोर्स नेपाली कम्युनिटीले पनि एनआरएनएसँग सहकार्य गर्दै राहत वितरणमा सहभागी भएकोमा अध्यक्ष पुनले विशेष धन्यबाद दिएकी छिन् । यसअघि बृटिश फोर्सले साईप्रसको लिमासोल लार्नाका सहरमा लगभग ५१ जनालाई राहत वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश गौतम
दिनेश गौतम
लेखकबाट थप