बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा संक्रमितको संख्या १५ लाख नाघ्यो, साढे ८९ हजार बढीको मृत्यु

आइतबार, ०४ जेठ २०७७, ०७ : ०५
आइतबार, ०४ जेठ २०७७

अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको कूल संख्या १५ लाख ७ हजार ९ सय २५ रहेको छ । संक्रमितमध्ये १६ हजार २ सय ४८ को अवस्था गम्भीर छ ।

साथै, पछिल्लो २४ घण्टामा १ हजार ९६ को मृत्यु भएको छ । हालसम्म यहाँ ८९ हजार ६ सय ३ जनाको मृत्यु भइसकेको छ ।  

यद्यपि, ३ लाख ३९ हजार २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप