शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गितारिस्ट शरद श्रेष्ठ भन्छन्, ‘यो समय घर बसेर लागुऔषधको लत छुटाउने राम्रो अवसर हो’

आइतबार, ०४ जेठ २०७७, १४ : ४५
आइतबार, ०४ जेठ २०७७

श्री ३ ब्यान्डका गायक तथा गितारिस्ट शरद श्रेष्ठले लकडाउनको यो समय घर बसेर लागुऔषधको लत छुटाउने सही मौका भएको बताएका छन् ।

एकजना व्यक्तिले शरदलाई लागुऔषधको लतका कारण निकै खराब समयको सामना गरिरहेको र आत्महत्याको विचार आइरहेको भन्दै मेसेजमा बताएपछि उनले यस्तो कुरा बताएका हुन् ।

फेसबुकमा लागुऔषधको लत भएकाहरुलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘सम्भवतः यो समय घर बसेर लागु औषधको लत छुटाउने सबैभन्दा राम्रो अवसर हो । आफ्नो घरलाई आफ्नै लागि सुधार केन्द्रको रुपमा स्थापित गर्नुहोस् ।’

उनले परिवारका सदस्यलाई कम्तिमा राम्रो व्यवहार गरिदिन आग्रह गरेका छन् ।

उनले थपेका छन्, ‘होइन, असाध्यै गाह्रो छ, म त यस्तो गर्न सक्दिनँ भन्ने कुरा नै आउँदैन । हो, साँच्चै भन्नुपर्दा यो यात्रा निकै कठिन छ । हामीले पनि विगतमा यस्तो चरण निकै पटक भोगिसकेका छौं । सुधारगृहमा बसेर छोड्न सकिन्छ भने अवश्य पनि घरमा बसेर पनि सकिन्छ ।’

यसका लागि शरदले केही अनलाइन मिटिङमा पनि भाग लिन सल्लाह दिएका छन् ।

शरदले यसलाई सधारण रुपमा हेरिदिन र यो समय पनि बितिजाने कुरामा आशावादी हुन आग्रह गरेका छन् ।

शरद कुनै बेला लागुऔषध दुर्व्यवसनी थिए । उनले लागुऔषधको हानीबारे जानकारी दिने विभिन्न कार्यक्रममार्फत् यसबारे सचेतना फैलाउने काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप