शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा लागु औषधसहित १ युवक पक्राउ

आइतबार, ०४ जेठ २०७७, १५ : ०४
आइतबार, ०४ जेठ २०७७

सिरहा । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १५ बाट लागुऔषधसहित सिरहाको मिर्चैया नगरपालिका–५ निवासी ३५ वर्षीय आमोद भन्ने विजयकुमार यादवलाई पक्राउ गरेको हो ।

स२प ८५२६ नंको मोटरसाइकललाई जाँच गर्दा लागुऔषध कोरेक्स ११ बोतल, नाइट्रोभेट ७० थान बरामद भएपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप