बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं भित्रिए

सोमबार, ०५ जेठ २०७७, ०७ : ३५
सोमबार, ०५ जेठ २०७७

काठमाडौं – लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ । 

सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको बन्दाबन्दीको समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । 

ती क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ । 

गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप