मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘अब हरेक परिवारमा कम्तिमा एकजनाको स्वास्थ्य परीक्षण गर्नुपर्छ’

सिमानामा सेना पठाऔँ, भारतबाट बिना परीक्षण आउन दिइयो भने नेपाल नै भष्म हुन्छ
सोमबार, ०५ जेठ २०७७, ११ : ४०
सोमबार, ०५ जेठ २०७७

अस्ति मात्रै एकजना बिरामी मकहाँ आइन् । काकाको मृत्यु भएपछि विराटनगर गएकी रहिछन् । चैत २८ गते काठमाडौँ फर्किएकी रैछन् । अहिले जति काठमाडौँमा सङ्क्रमण भएको छ, सबै बाहिरबाट आउनेका कारण भएको छ । कोही कञ्चनपुरबाट आएका छन्, कोही पूर्वबाट आएका छन्, कोही मधेसबाट आएका छन् ।

ती बिरामीले पहिले त अन्त कहीँ गएको छैन भनिन् । तर आफन्तको किरियामा गएको बताएपछि कुन ठाउँ भनेर सोधँे ।

पछि उनले विराटनगर भनिन् । चैत २८ गते अर्थात ५ हप्ताअघि काठमाडौं फर्किएकी रैछिन् । आइसोलेसनमा बस्नुभयो भनेर सोधेँ । बसेकी रहिनछिन् ।

टेस्ट गर्नुभयो ?

उनले भनिन्– ‘गरेको छैन ।’

आउँदाखेरी बाटोमा कहीँ बाटोमा पुलिसले चेक ग¥यो त तपाईंलाई ?

फेरि भनिन्– ‘गरेको छैन ।’

एकातिर पढेलेखेका नागरिकले आफ्नो दायित्व बुझेनन् भने अर्कोतिर सरकारको पनि कतै नाम निशानै छैन ।

उहाँलाई मेलै बेस्कन गाली गरेँ ।

सबैभन्दा पहिला त तपाईंले झुट बोल्नुभयो । अब तपार्इं तुरुन्तै टेकु गएर ¥यापिड टेस्ट पनि गराउनू, -यापिडमा पोजिटिभ देखियो भने पीसीआर गराउनुस् भनेर पठाएँ ।

तर त्यहाँबाट पीसीआर टेस्ट गर्ने किट नै छैन भनेर फर्काइदिएछ । 

काठमाडौँमै यो अवस्था छ भने काठमाडौँ बाहिरको अवस्था के होला ? यहाँ त परीक्षण गर्ने किट नै छैन ।

उनलाई किट छैन भनेर परीक्षण नै नगरी फर्काइदियो ।

अब मुलुकको अवस्था कस्तो होला ?

काठमाडौँमा हामी चाहिँ ५५ दिन लकडाउनमा बस्ने । सरकारले डण्डा लगाएपछि हामी खुसीसाथ बस्यौँ तर यसमा सरकारको दायित्व खै त ? काठमाडौँमै परीक्षणका लागि मैले पठाएको बिरामीलाई फर्काइदियो, राजधानीको मुटुमा रहेको मुख्य परीक्षण केन्द्रको हालत यस्तो छ । बाहिरबाट पनि परीक्षण गर्न यहीँ ल्याउने भनिरहेका छन् ।

लकडाउन त भने तर बाहिरबाट आउने नाकाहरुलाई खुल्लम खुल्ला छोडिदिए ।

मैले सुनेको यसमा पैसाको पनि खेल छ, कति लुकीछिपी पनि आएका छन् ।

सरकारको पूर्णरूपमा लापरबाही देखियो

यति धेरै दुःख पाएर काठमाडौँ खाल्टोभित्र हामी लकडाउन मानेर बस्यौँ तर सरकारले हामीलाई बचाउन नाका बन्द भने गरेन ।

फर्पिङ, नागढुङ्गा, धुलिखेल आदि नाकामा वास्तै गरेन । सेना लगाएर भारतसँगको सीमा बन्द गर भन्दा गरेन । भारतबाट तराईमा र तराईबाट सीधै काठमाडौँमा सङ्क्रमण फैलिएको छ । अवस्था नाजुक बन्दै गइरहेको छ ।

५० को अङ्कबाट कति छिटो २ सय ८१ पुगिसक्यो । हुँदाहुँदा टिचिङ अस्पतालमा पनि देखिहाल्नुभयो । कपिलवस्तुबाट अस्पतालमा बच्चा ल्याउँदा सङ्क्रमण देखिनुअघि ढोकैमा चेक गर्नुपर्छ कि पर्दैन ?

व्यक्तिगत दूरी कायम गरेर मास्क लगाएर गेटमै एक एक गरी जाँच गरेर पठाउनु पर्छ कि पर्दैन ? अस्पतालको वार्डमा सङ्क्रमण भेटिनु कत्रो लापरवाही हो । मुलुकका लागि चाहिने ३८ जना डाक्टरहरु क्वारेन्टाइनमा परे । सबैलाई सङ्क्रमण भए अस्पतालको अवस्था के हुन्छ ? कोरोना वार्डमा सङ्क्रमण देखिएको पनि हैन, सर्जिकल वार्डमै समस्या देखियो । यसमा सरकारको पूर्णरूपमा लापरवाही देखियो ।

हामीलाई लकडाउन भनेर डण्डा देखाउन असाध्यै सजिलो छ तर सरकार आफैले लकडाउन व्यवस्थित गर्न सकेको छैन ।

सरकारसँग न कुनै योजना छ न नीति छ,  सबैतिर अस्तब्यस्त छ । खाली हामीले ग¥यौँ भनेका छन् । हरेक दिन अङ्क चाहिँ देखाएका छन् तर मैले आफैले पठाएको बिरामीलाई किट छैन भनेर परीक्षण नगरी फर्काइदिए ।

अब कोरोना फैलिसक्यो, कहाँ कहाँ फैलियो मलाई थाहा छैन तर काठमाडौँमा हरेक परिवारमा एकजनाको कोरोना परीक्षण गर्नुपर्छ । देशव्यापी रूपमा जम्मा पन्ध्र बीस हजार पीसीआर टेस्ट गरेका छन् रे । साठी हजार जति ¥यापिड टेस्ट गरेका छन् रे । बेलायतमा अहिले दिनको एक लाख टेस्ट भइरहेको छ, हाम्रोमा कन्ट्रयाक्ट ट्रेसिङ कहाँ गएको छ ? ट्रेसिङ नगरीकन यसलाई हामी कसरी नियन्त्रण गर्ने ? कहाँ हामीले बढी ध्यान दिने ? कहाँ चाहिँ लकडाउन खुकुलो पार्ने ? कहाँ लकडाउन कडा गर्ने ? हाम्रो सरकार कुनै योजना कुनै नीतिबिना हिँडिरहेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा पनि समिति छ, स्वास्थ्य मन्त्रालयमा पनि समिति छ तर काम गराई मिलिरहेको छैन । सरकार कन्ट्रयाक ट्रेसिङ धेरैभन्दा धेरै परीक्षण गर्न सरकार चुकेको छ । मैले पठाएको बिरामीलाई पीसीआर किट छैन भनेर परीक्षण नगरी टेकुबाट फर्काइदियो, यस्तो छ नेपालको स्थिति ।

जनताले आफ्नो ठाउँबाट आफैले गर्नुप¥यो । सरकारले आफूले जेजति सक्छ गरोस् तर यो सरकारप्रति मेरो विश्वास रहेन ।

९२ हजार सेनाले सीमा सिल गर्नुप-यो

अहिले जति टेस्ट भएको छ त्यसमा पनि २ सय ८१ देखियो । लाखौँमा टेस्ट भएको भए यो दस हजार, बाह्र हजारमा पुग्ने थियो । कम टेस्टमा पनि २ सय ८१ पुगिसक्यो र यो बढ्दो क्रममा छ ।

सरकारले लकडाउन मात्र हैन भारतको सिमाना पूर्ण रूपमा बन्द गर्नुपर्छ । ९२ हजार सेना लगेर भारतसँगको पूर्व, दक्षिण र पश्चिम सिमाना पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरीलाई राख्नुपर्छ । सशस्त्र प्रहरीलाई प्रदेशको सिमानामा, घना बस्ती भएको सिमानामा राख्नुप¥यो । सिमापार गरेर जो फुत्किएर लुकीछुपी आएका छन् तिनीहरुबाट सङ्क्रमण रोक्नका लागि सिमानामा कडाइ गर्नुप¥यो । काठमाडौँका सिमानाको कुरा गर्दा फर्पिङको नाका, नागढुङ्गाको नाका, बीपी राजमार्गको नाकाहरुमा सशस्त्र प्रहरी परिचालन गर्नुपर्छ । जनपथ प्रहरीलाई सहरका भित्री भाग, ग्रामीण भागमा परिचालन गर्नुपर्छ

लकडाउनमा हामी काठमाडौँबासीले त दुःख पायौँ अहिले ५४ दिन पुगिसक्यो । हामीले गर्ने कतव्र्य त ग¥र्यौँ । तर हामीले यति गर्दा गर्दै पनि सरकारले झनझन सङ्क्रमण थपिदियो । हामीले लकडाउनमा दुःख पाएर बसे पनि सरकारले नै नाकाहरुलाई बन्द गरिदिएन । किन मान्छेलाई आउन दियो ?

अस्ति मात्रै ३ दिनभित्र ३६ हजार मान्छे काठमाडौँ पसे रे । उनीहरुको परीक्षणहरु केही भएको छैन् । यहाँ कुनै कन्ट्रयाक ट्रेसिङ नै हुँदैन । यो सरकारको बेवास्ता, कमिकमजोरी पनि हो ।

भारतबाट ह्वारर आउन दियो भने नेपाल नै भष्म हुन्छ 

भारतको सिमाना छेउ नेपाली आएको छ भनेर ह्वाररर नेपाल पसाउने हैन । मान्छे प्रवेश गर्ने एक एक त्यस्ता नाका पहिचान गर्ने, भारतमा रहेका नेपालीलाई पनि जहाँ छौ त्यही बस भन्ने, तिमीहरुलाई अहिले नेपाल छिरायो भने देशै खत्तम हुन्छ भनेर राम्रोसँग सम्झाउनुप¥यो । कुन कुन नाका भएर भारतबाट नेपाल छिर्न मिल्छ त्यहाँ सुरक्षा घेराभित्र रहनेगरी ठूला ठूला क्वारेन्टाइन स्थल बनाउनुपर्छ । उनीहरुको एक एकको परीक्षण गर्ने बन्दोबस्त सरकारले गर्नुपर्छ । हैन भने सरकारले के हेरेर बस्छ त ? हरेकलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ  । भारतबाट ह्वारर आउन दियो भने नेपाल नै भष्म हुन्छ ।

बरु भारत सरकारसँग पनि यसबारे कुरा गर्नुपर्छ । भारतमा रहेका नेपालीलाई पनि भारत सरकारले हेर्ने, नेपालमा रहेका भारतीयलाई पनि नेपालले हेर्ने व्यवस्था गर्नुपर्छ । एयरपोर्ट त लकडाउन गर्नैपर्छ । भारतीय सिमानाबाट पनि जुनसुकै देशको भए पनि कुनै पनि हालतमा प्रवेश गर्न दिनु हुँदै हुँदैन ।

भारतको सीमाबाट पूर्णरूपमा टेस्ट नगरी एकजनालाई पनि भित्र छिराउनुहुँदैन । उनीहरुलाई टेस्ट गर्दै क्वारेन्टाइमा राख्नुपर्छ । अहिले भाग्ने चलन भएको छ । उनीहरुलाई पूर्ण रूपमा सुरक्षा घेराभित्र राख्नुपर्छ ।

सहरी क्षेत्रमा पनि कोही भाडामा बस्ने बाहिरबाट आएको छ भने घरधनीले तत्काल सरकारलाई खबर गर्नुपर्छ । तर कोही आइसोलेसनमा बसेका छन्, परीक्षण गरेका छन् भने उनीहरुलाई बहिष्कार गर्नुपनि भएन ।

भुटानका एकजना पेसेन्टसँग मेरो कुराकानी भएको थियो । त्यहाँ सिमाना पूर्ण रूपमा सिल गरेको छ तर भित्र भने लकडाउन खुकुलो पारेको छ । भुटान बुद्धिमान रहेछ । त्यति त ग¥यो तर हाम्रो सरकारले त्यसो गर्न पनि सकेन । भुटानसँग पनि हाम्रो देशलाई दाँज्न सकिने स्थिति छैन ।

सिमानामा सशस्त्र प्रहरीलाई राखिएको छ । बिचरा उनीहरुलाई खानेपानीको पनि व्यवस्था गरिएको रहेनछ । चर्को घाम छ, पानी छैन, ट्वाइलेट गर्ने ठाउँ छैन । टेन्ट दिएको छ छाप्रो जस्तो बनाएर राखिदिएको छ । अनि उनीहरुले त्यस्तो अवस्थामा कुन मनस्थितिले काम गर्न सक्छन् ?

श्रमिक मजदुरलाई राहत दिन सकेको छैन । उनीहरु जहाँ छन् त्यहाँ राख्न सकेको छैन । सरकारले भयङ्कर गल्तीहरु गरिहेको छ के भन्ने खै हामीले ? दुःखको कुरा भुटानको जति पनि हामीले गर्न सकेका छैनौँ ।

दैनिक एक लाखको स्वास्थ्य परीक्षण गर्न सक्नुपर्छ

मैले पठाएको बिरामीलाई टेकुले किट छैन भनेर स्वास्थ्य परीक्षण नगरी पठायो भनेपछि तपाईं आफै बुझ्नुस सरकारसँग कति किट होला । अहिले त हामीले दिनको १ लाखको स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था छ । अनि मात्रै वास्तविक सङ्क्रमित कति छन् भनेर थाहा हुन्छ ।

जति सङ्क्रमण बढ्यो रोग त्यति नै गम्भीर भएर जाने हुन्छ । भाइरल लोड बढ्दा व्यक्तिलाई आक्रमण गर्ने शक्ति बढ्दै जान्छ । सङ्क्रमण बढ्यो भने भाइरल लोड बढ्दै जान्छ । त्यसले व्यक्तिलाई सङ्क्रमण गर्ने मात्र नभई रोग नै निम्त्याँउछ । कहाँ सङ्क्रमण बढी छ, कहाँ कम छ भनेर पत्ता लगाउने एउटै उपाय छ व्यापक स्वास्थ्य परीक्षण । विश्वसनीय किट ल्याएर व्यापक मात्रामा परीक्षण गर्नुपर्ने हो तर यहाँ त राजधानीमै टेस्ट नगरी फर्काउने गरेको छ । अहिले नेपालको लागि दिनको १ लाख टेस्ट नगरी हुँदैन त्यसका लागि मान्छे पनि चाहिन्छ, तिनीहरुलाई सुरक्षा सामग्री पनि दिनुपर्छ,  किट पनि दिनुपर्छ ।

सरकारसँग पर्याप्त मात्रामा टेस्टिङ किट नै छैन । परीक्षण नगरी हामीले कति सङ्क्रमित छन् भनेर कसरी थाहा पाउन सक्छौँ । एउटा मात्रै सङ्क्रमित भेटिएका बेला मैले भनेको थिएँ, ‘परीक्षण गरेर हेर्नु अरू पनि भेटिन्छन् ।’ अहिले परीक्षण गरे ३ सय ४ फेला पारे । म त भन्छु दिनको १ लाख परीक्षण गर्नुपर्छ, कति सङ्क्रमित छन् अनि थाहा हुन्छ । त्यसकारण परीक्षण नगरी कति सङ्क्रमित छन् थाहा नै हँुदैन । परीक्षण गर्न न मान्छे छन्, न किट छ न सुरक्षा सामग्री नै पर्याप्त छ ।

टिचिङ अस्पतालमा जस्तै २८ जना डाक्टर क्वारेन्टाइनमा बस्नुपर्ने जस्तो अवस्था भयो भने के हुन्छ ? त्यो त लापरबाहीले भएको हो । यस्तै गर्दै जाने हो भने हाम्रो मुलुकलाई भगवानले मात्रै बचाउन सक्छन् अरूले सक्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सुन्दरमणि दीक्षित
डा. सुन्दरमणि दीक्षित
लेखकबाट थप